२०८३ बैशाख १८ गते शुक्रबार
२०८३ बैशाख १८ गते शुक्रबार

रास्वपा सांसदहरूलाई संसद्‍बाट निष्काशन गर्न कांग्रेसको माग

काठमाडौं । प्रमुख सत्तारुढ नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विरोधमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूलाई संसद् बैठकबाट निष्कासन गर्न माग गरेको छ ।

मंगलबार दिउँसो २ बजे बसेको प्रतिनिधिसभा बैठकमा नियमापत्ति जनाउँदै कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले यस्तो माग राखेका हुन् ।

‘सभामुख महोदय, संसद् सचिवालयको नियमावली ३० मा अभद्र व्यवहार नियन्त्रणको व्यवस्था छ । नियम ३१ मा बैठक कक्षबाट निष्कासनको प्रावधान छ,’ उनले नीलो स्कार्फ लगाएर आएका रास्वपा सांसदहरूतर्फ सङ्केत गर्दै भने, ‘नीलो स्कार्फ लगाएर संसद्मा आउनु मर्यादित हो कि होइन ? भोलि हाफ प्यान्ट मात्र लगाएर वा जथाभावी पोशाकमा आएमा त्यो संसद्को मर्यादामा पर्छ कि पर्दैन ?’

उनले सभामुखलाई रास्वपा सांसदहरूलाई चेतावनी दिएर निष्कासन गर्न आग्रह गरे । ‘सभामुखले चेतावनी दिएर उनीहरूलाई संसद्बाट निष्कासन गर्नुपर्छ,’ उनले भने, ‘यो संसद्को मर्यादाविपरीतको कार्य हो । यसमा उचित निर्णय लिन जरुरी छ ।’

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।