२०८३ बैशाख १९ गते शनिबार
२०८३ बैशाख १९ गते शनिबार

शिक्षक महासंघले भन्यो- शिक्षा विधेयक जारी गर्न विलम्ब भए आन्दोलनमा जान बाध्य हुनेछौँ

काठमाडौं- नेपाल शिक्षक महासंघले शिक्षा विधेयक जारी गर्न विलम्ब र षडयन्त्र भएमा तुरुन्तै आन्दोलनमा जान बाध्य हुने जनाएको छ। तोकिएको समयमा विधेयक जारी नभएपछि महासंघले आज विज्ञप्ति गर्दै यस्तो चेतावनी दिएको हो।

महासंघले छिटो शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित गराएर सदनबाट जारी हुनुपर्ने माग राखेको छ।

‘२०८२ वैशाख १७ गते राज्य पक्ष र महासंघबीच महत्वपूर्ण सहमति भयो, त्यो सहमतिमा महासंघसँग भएका विगतका सहमतिलाई सम्बोधन हुने गरी असार १५ गते भित्र विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाबाट पारित गर्ने भन्ने प्रतिबद्धता हस्ताक्षर भएको थियो तर सो प्रतिबद्धता अनुरूप असार १५ गतेसम्म पनि विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभामा पेश भएको छैन,’विज्ञप्तिमा उल्लेख छ।

यसबाट आम नेपाली शिक्षक/कर्मचारी सशंकित र आक्रोशित भएको महासंघले जनाएको छ।

‘त्यसैले संसदको शिक्षा समितिमा विधेयक माथि चलिरहेको छलफल शीघ्र सम्पन्न गरी विगतका सहमतीहरू समावेश भएको अग्रगामी विद्यालय शिक्षा विधेयक अविलम्ब प्रतिनिधि सभामा पेश गरी पारित गराउन हामी सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउँछौँ,’विज्ञप्तिमा उल्लेख छ।

सरकार र नेपाल शिक्षक महासंघबीच वैशाख १७ गते असार १५ गतेभित्र शिक्षा विधेयक जारी गर्नुपर्ने सहित ९ बुँदे सहमति भएपछि शिक्षकहरू २९ दिनसम्म चलेको आन्दोलन छाडेर घर फर्किएका थिए। तर,यो समयमा शिक्षा विधेयक जारी हुन सकेन।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।