२०८३ जेष्ठ १७ गते आईतवार
२०८३ जेष्ठ १७ गते आईतवार

फेरिए कारागार व्यवस्थापन विभागका महानिर्देशक

काठमाडौं । कारागार व्यवस्थापन विभागका महानिर्देशक एवं सहसचिव नारायणप्रसाद भट्टराईको सरुवा भएको छ ।उनलाई गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सरुवा गरेर निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले यसअघिका महानिर्देशक नारायणप्रसाद भट्टराईलाई निर्वाचन आयोगमा सरुवा गरेपछि गृहमन्त्री रमेश लेखकले रिक्त स्थानमा सहसचिव लीलाप्रसाद शर्मालाई जिम्मेवारी दिएका हुन् ।

हाल गृह मन्त्रालयमा कार्यरत शर्मा यसअघि सिन्धुलीका प्रमुख जिल्ला अधिकारी थिए । अहिले रास्वपा सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेको अड्डासारको विषय यस विभागसँग प्रत्यक्ष सम्बन्धित छ ।

सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दाको पुर्पक्षका लागि रूपन्देही कारागारमा राखिएका लामिछानेले काठमाडौँ सरुवाका लागि निवेदन दिएका छन् । उनको निवेदनमा जिल्ला अदालत रुपन्देहीले अनुमति दिइसके पनि विभागले कुनै निर्णय लिइसकेको छैन ।

पछिल्लो समय कारागारमा विभिन्न घटनाहरू घट्न थालेका छन् । कैलाली कारागारमा भएको झडपपछि त्यहाँका सीडीओलाई पनि गृह तानिएको छ । देशका अन्य कारागारमा पनि कैदीबन्दी भाग्ने, झडप हुने लगायतका घटना घटिरहेका छन् ।

 
 
 
 
 
 
 

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।