२०८३ जेष्ठ १२ गते मंगलवार
२०८३ जेष्ठ १२ गते मंगलवार

सिमरामा विद्या भण्डारीलाई ५१ किलोको माला

सिमरा- पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) पूर्व उपाध्यक्ष विद्या भण्डारीलाई नेकपा (एमाले)का नेताहरुले बाराको सीमरा विमानस्थलमा भव्य स्वागत गरेका छन् । बीआइसीसीआई बृहत महिला सम्मेलन २०८२ मा सहभागी हुन वीरगंज जाने क्रममा नेताहरुले ५१ किलोको माला सहित सीमरा विमानस्थलमा स्वागत गरेका हुन् ।

बाराको सीमरा विमानस्थलमा एमाले स्थायी कमटी सदस्य मुकुन्द न्यौपाने, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, केन्द्रिय सदस्य केदार न्यौपाने, अरबिन्द्र सिंह मधेश प्रदेश कमिटीका सचिव मनोज पौडेल विमानस्थल पुगेका थिए ।

यसैगरी स्वागतका लागि मधेस प्रदेशका सचिवालय सदस्य जय प्रकाश थारु जितपुर सिमरा उपमहानगरपालिका उपमेयर भोला अधिकारी, जितपुरसिमरा उपमहानगर कमिटीका अध्यक्ष त्रिलोक शाह, बिरगंज महानगर कमिटीका अध्यक्ष नवराज शर्मा लगायत विमानस्थलमै स्वागतका लागि पुगेका थिए ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।