२०८३ बैशाख २० गते आईतवार
२०८३ बैशाख २० गते आईतवार

फरार कैदीहरुलाई नख्खु कारागारले जारी गर्यो उर्दी : तत्काल आत्मसमर्पण गर्नु, अन्यथा कडा एक्सनमा उत्रिने चेतावनी 

काठमाडौं । जेनजी आन्दोलनको क्रममा ललितपुरको नक्खुस्थित कारागारबाट फरार भएका कैदीबन्दीलाई कारागार प्रशासनले तुरुन्त सम्पर्कमा आउन अपिल गरेको छ ।

 

कारागार प्रशासनले कानुनी प्रक्रिया तथा विधिको पूर्ण पालना गर्न आग्रह गर्दै सार्वजनिक सूचना जारी गर्दै सम्पूर्ण फरार बन्दीहरूलाई आत्मसमर्पण गर्न अनुरोध गरेको हो ।

रास्वपा सभापति रवि लामिछानेसहितका कैदीबन्दीहरू जेन–जी आन्दोलन हिंसात्मक बन्दै गएकै बेला नक्खु जेलबाट बाहिरिएका थिए । लामिछानेले भने आफूलाई कानुनी प्रक्रिया पुरा गरेर कारागार प्रशासनले नै रिहा गरेको दाबी गरेका छन् ।

 

तर नक्खु कारागार प्रशासनले सार्वजनिक गरेको सूचनामा उनीहरू ‘फरार’ को अवस्थामा रहेको प्रस्ट पारिएको छ । सूचनामा भनिएको छ, ‘नक्खु कारागार परिसरबाट फरार भएका सम्पूर्ण बन्दी (थुनुवा र कैदी) ले तुरुन्तै यस कारागार प्रशासनसँग सम्पर्क स्थापना गरी आत्मसमर्पण गर्नुहुन सूचित गरिन्छ ।’

प्रशासनले स्पष्ट चेतावनी दिँदै भनेको छ, यदि सम्पर्कमा नआएको खण्डमा ‘फरार अवस्थाको निरन्तरता रहने’ र कारागार ऐन २०७९ तथा अन्य प्रचलित कानुन अनुसार कडाइका साथ कारबाही हुनेछ ।

सूचनामा भनिएको छ, ‘विधि, कानुन र सामाजिक उत्तरदायित्वप्रति सम्मान प्रकट गर्दै तुरुन्तै सम्पर्कमा आउनु र सार्वजनिक शान्ति तथा सुव्यवस्था कायम गर्न सहयोग पु¥याउनु सम्पूर्ण फरार कैदीबन्दीको कर्तव्य हो ।’

कारागार प्रशासनले सम्पर्कविहीन बन्दीहरूलाई कानुनी कारबाही अनिवार्य रूपमा अघि बढाइने भन्दै औपचारिक रूपमा सूचितसमेत गरेको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।