काठमाडौँ । जनेजी आन्दोलनका क्रममा हालसम्म ७२ जनाको मृत्यु भएको सरकारले जनाएको छ ।
आइतबार सिंहदरबारमा आयोजित एक कार्यक्रममा मुख्यसचिव एकनारायण अर्यालले आन्दोलनसँग सम्बन्धित पछिल्लो विवरण सार्वजनिक गरेका हुन् ।
प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गर्दै गर्दा प्रमुखसचिव अर्यालले आन्दोलनका क्रममा भएका मानवीय क्षतिबारे जानकारी दिँदै भने, ‘अहिलेसम्म प्रदर्शनकारीतर्फ ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मीतर्फ ३ जना गरी ७२ जनाले सहादत प्राप्त गर्नुभएको छ ।’
उनका अनुसार हालसम्म आन्दोलनका क्रममा घाइते भएका १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी गरी १९१ जनाको उपचार भइरहेको छ ।
