जेनजी आन्दोलनको घुसपैठले ध्वस्त भएको नेपाली कांग्रेसको केन्द्रिय कार्यालय सानेपामा १० करोड बराबरको क्षति भएको छ।
संबिधान सभा सदस्य एवं बरिष्ठ इञ्जिनियर रंजित कर्ण नेतृत्वको टिमले गरेको प्रारम्भिक सर्वेक्षण बाट उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो ।
नेपालकै ठुलो मध्यको पुस्तकालय रहेको सानेपामा आगो लगाउदा ३० हजार अधिक एतिहासिक पुस्तक जलेर खरानी भएको छ।
संसारभरका अनुसन्धानकर्ता आएर खोज, अनुसन्धान र अध्यन गर्ने पुस्तकालय जलेर खरानी भएको देख्दा इञ्जिनियर रंजित कर्ण भक्कानिए।
कांग्रेस मुख्यालयमा राखिएको ठूलो फ्रेमको चुच्चे नक्सामा लात्तै लात्तीले हानिएको छाप देखिदा आगो लगाउने अराजक समूह बिदेशी शक्तिबाट परिचालित भएको हुन् सक्ने अनुमान इन्जिनियर रंजित कर्णले लगाएका छन् । चुच्चे नक्सामा लात्ती हानिएको डोब देख्दा रंजित कर्ण आक्रोशित बने ।
कांग्रेस पार्टी कार्यालयमा भएको क्षति र पूनः निर्माण बारे इञ्जिनियर रंजित कर्णले भावुक बन्दै भने, कांग्रेसी कार्यकर्ताको सदस्यता शुल्कले बनाएको यो कार्यालय पूनः निर्माण गर्न देश बिदेशमा अभियान चलाउने र आफ्नै नेतृत्वमा कांग्रेस मुख्यालय को पुनरसंरचना गर्ने तयारी आजै देखि सुरु भएको बताए ।
इञ्जिनियर कर्णले जलेर खरानी भएको सिंहदरवार,संसद भवन र सर्वोच्च अदालतको क्षतिको विवरण समेत आफ्नो टिमले संकलन गरिरहेको बताएका छन्।
पवित्र उदेश्य राखेर जेनजीले गरेको आन्दोलनमा आफ्नो एक्यबद्द्ता रहेको तर घुस पैठका कारण देशमा आगो लागेको भन्दै पूनरनिर्माणमा सरकारलाई काँग्रेसले सहयोग गर्ने बताएका छन् । नेता कर्णले नव नियुक्त प्रधानमन्त्री शुसिला कार्कीले आजै भ्रष्ट्राचारको छानविन गर्न उच्चस्तरीय आयोग बनाउन सुझाव दिएका छन् ।










