काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार तिलगंगा आँखा प्रतिष्ठानमा आँखाको नियमित जाँच गराएकी छन् ।
आँखा परीक्षण गर्ने क्रममा उनको देब्रे आँखा धमिलो भई पीसीओ (Posterior Capsule Opacification) भएकाले सोका लागि Yag Laser गरिएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनको आँखा जाँचमा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा. डा. सन्दुक रुइत र प्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ नेत्र चिकित्सक डा. रिता गुरुङ संलग्न थिए ।
यसैबिच डा. रुइतले आफू मन्त्री बन्ने दौडमा नरहेको बताएका छन् । मंगलबार अस्पताल परिसरमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले आफूले अस्पताल र बिरामी छाड्न नसक्ने बताए ।










