२०८३ बैशाख १९ गते शनिबार
२०८३ बैशाख १९ गते शनिबार

जेनजी आन्दोलनमा राष्ट्रिय वाणिज्य बैंकको ५ करोड र १८ किलो सुन लुटियो

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटपाट भएको खुलासा भएको छ । जेन जी आन्दोलनकाक्रममा बैंकको नयाँ बानेश्वर शाखाबाट नगद र सुन लुटपाट भएको हो ।

संसद् भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाबाट ३७३८ करोड बराबरको नगद र सुन लुटिएको नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले खुलासा गरेका हुन् । गभर्नर पौडेलले एक पडकास्टमा बोल्दै करोडौँको नगद र सुन चोरी भएको जानकारी दिएका हुन् ।

उक्त पडकास्टमा बोल्दै गभर्नर पौडेलले भनेका छन्, ‘एक ठाउँमा सिरियस लुटपाट भएको छ । संसद् भवनमा रहेको राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटिएको छ ।’

जेनजी प्रदर्शनका क्रममा राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट करिब ३८ करोड रुपैयाँ हाराहारीमा लुटपाट भएको उनले जानकारी दिएका छन् । यसबारे बैंकको सिसिटिभी हेरेर अनुसन्धान भइरहेको समेत गभर्नर पौडेलले जानकारी दिएका छन् ।

आन्दोलनकाक्रममा पेमेन्ट सिस्टमहरू कायम रहोस् भन्ने राष्ट्र बैंकको ध्यान रहेको समेत उनले बताएका छन् । त्यसबेला पेमेन्ट सिस्टमहरू बचाई राख्नका लागि समग्र बैंकिङ क्षेत्र तैनाथ रहेको समेत गभर्नर पौडेलले जानकारी दिएका छन् ।

आन्दोलनकाक्रममा ६८ वटा बैंकहरुको शाखा कार्यालयहरूमा आक्रमण भएका थिए । ६९ वटा एटिएममा केही असर परेको छ । त्यसबाहेक बैंकिङ प्रणालीका सिस्टमहरू सबै ठिक रहेको गभर्नर पौडेलको भनाई छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।