काठमाडौं । आज (आइतबार) मन्त्रिपरिषद्को बैठक बस्दैछ । बालुवाटार स्रोतका अनुसार आजको बैठकले जेनजी आन्दोलनमा भएका दमन र क्षतिबारे छानबिन गर्न आयोग गठनबारे छलफल गर्ने छ ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोनका क्रममा भएका तोडफोड र आगजनीले सार्वजनिक तथा निजी गरी अर्बौँको सम्पत्ति क्षति भएको छ ।
जेनजी विद्रोहका क्रममा प्रहरीको दमनबाट ७४ जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् । अझै कैयौँ घाइते अस्पतालमा उपचाररत छन्। सो घटनाको छानबिन गरी दोषीलाई कार्बाही गरिनुपर्ने आवाज उठिरहेको छ । यसैका लागि सरकारले छानबिन आयोग गठन गर्ने तयारी गरेको हो ।
यता तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले भने त्यसबेला सरकारले गोली चलाउन आदेश नदिएको र उनीहरू प्रहरीको गोलीबाट नभई अन्यकै हतियारबाट मारिएको गम्भीर र रहस्यमय दाबी गरेका छन् ।
