काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल आफूले चुनेका प्रतिनिधिबाट आफू चुनिने खालको प्रक्रियामा गएको आरोप लगाएका छन् ।
सोमवार ललितपुरमा पत्रकार सम्मेलन गर्दै उनले अध्यक्ष दाहाल अरु केही एकता गरेर वा देखाएर महाधिवेशन सार्ने वा महाधिवेशन पनि आफूले चुनेका प्रतिनिधिबाट आफू चुनिने खालको प्रक्रियामा लाग्नुभएको बताए ।
अध्यक्ष दाहालले आन्तरिक लोकतन्त्रको भयंकर ठूलो अभ्यास देखाउने नाममा गरिरहनुभएको कामले झनै संकट थप्ने बताए । अहिलेको विकल्प पुराना नेताहरुलाई पार्टीबाट बिदा गर्ने नै रहेको बताए ।
वामपन्थीहरुले समाजवादको आधार तय गर्ने कुरा अमूर्त रहेको भन्दै १० वर्षमा बेरोजगारी र कुशासन हटाउँछौँ भन्नेकुरा नै समाजवादको आधार हुने बताए ।
महासचिव भुसालले अहिलेका शिर्ष नेताहरुलाई बिदा गरेर नयाँ बाटो कोर्नुपर्ने बताए ।










