नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तीन दलका प्रमुख नेताहरूलाई बिदाइ गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।
उनले आइतबार सामाजिक सञ्जालमा एक भिडियोमार्फत संवादको नयाँ वातावरण प्रारम्भ गर्न आग्रह गर्दै प्रमुख तीन दलका शीर्ष नेताहरूलाई बिदाइ गर्नुपर्ने बताएका हुन् ।
उनले देउवा, ओली र प्रचण्डबिच १० वर्षदेखि म्युजिकल चेयर चलिरहेकाले नै अहिलेको अवस्था सिर्जना भएको दाबी समेत गरेका छन् । उनले गत भदौ २३ र २४ अघिको नेपाल र त्यसपछिको नेपालको अवस्था फरक रहेको दाबी पनि गरेका छन् ।
‘म एमाले माओवादीका साथीहरूलाई पनि भन्न चाहन्छु, हामीले आफ्ना तीनवटै नेताहरूलाई प्रस्ट भन्नुपर्छ, अब नो मोर ।’ थापाले भने,‘हामी आफ्ना नेताहरूलाई सम्मान पनि गरौँ, सेम्पेथी पनि राखौँ । सँगसँगै कांग्रेस, एमाले, माओवादीका सबै साथीहरूलाई म अपिल पनि गर्छु, तीन वटै नेताहरूले इफ, बट नभनी नेतृत्व छाड्नुपर्छ ।’, थापाले भनेका छन् ।
साथै नेतृत्व बदल्नासाथ सबै कुरा बदलिन्छ भन्ने नभएको भन्दै आफूहरू पनि अनुपयुक्त भए छाड्न तयार रहेको जिकिर गरेका छन् ।
