२०८२ आश्विन २८ गते मंगलवार
२०८२ आश्विन २८ गते मंगलवार

जेनजी घटना सम्बन्धी जाँचबुझ आयोगले व्यक्तिगत र राजनीतिक दलको क्षति भएको सम्पत्ति विवरण माग गरेको छ।

आयोगले आइतबार विज्ञप्ति जारी गर्दै जेनजी प्रदर्शनको क्रममा काठमाडौं लगायत मुलुकका विभिन्न भागमा राजनीतिक दल, संघसंस्था र व्यक्तिगत सम्पत्तिमा भएको क्षतिको यथार्थ विवरण आयोगले तोकेको ढाँचामा पठाउन अनुरोध गरेको हो ।

आयोगले विवरणसहित घटनालाई पुस्ट्याइँ गर्ने प्रमाणहरू फोटो/भिडिओ र कागजातहरू भए सो समेत sept8and9incident.ic@gmail.com पठाउन अनुरोध गरेको छ।

आयोगले तोकिदिएको ढाँचा बमोजिम इमेल गर्नुपर्ने बताएको छ।यद्यपि, हुलाकमार्फत पनि क्षतिको विवरण पठाउन सकिनेछ।

 

 

पाेखरा। अष्ट्रेलियाबाट नेपाल घुम्न आएका एक जना पर्यटकको पासपोर्ट बाँदरले लगेको छ ।

पर्वतको बन्जी जम्प नजिकबाट गाडीको छतमा रहेको पासपोर्ट बाँदरले लिएर भिरतिर भागेको पर्यटकले बताए । अष्ट्रेलियन नागरिकसहित नेपालकै अर्का एक पर्यटकको पनि सोही झोलामा रहेको पासपोर्ट बाँदरले लगेको छ ।

पासपोर्ट बाँदरले लगेको जानकारी गराएपछि खोजीका लागि प्रहरी खटाइएको पर्वत प्रहरी प्रमुख डीएसपी विजय यादवले जानकारी दिए ।

उनका अनुसार शनिबार र आइतबार खोजी गर्दा पनि भेटिएको छैन । ‘हिजो उहाँहरू मुक्तिनाथ जान निस्किनुभएको रहेछ गाडीमा । कुश्मामा बन्जी घुम्न गएको बेलामा झोला गाडीको छतमा राखिएको रहेछ,’ उनले भने, ‘फर्किँदा उक्त झोला नरहेको र बाँदरले लगेको जानकारी गराउनुभएको छ ।’

खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको थियो । ‘हिजो सई सावको नेतृत्वमा ७ जना पठाएका थियौँ । आज सशस्त्र पनि जानुभयो,’ यादवले भने, ‘तर भेटिएको छैन । जङ्गलतिर होला भनेर खोजिएको हो । भीरहरू छ, छिर्नै गाह्रो छ ।’

उक्त पासपोर्टसहितको झोला नभेटिएपछि उनीहरुले प्रहरीमा निवेदन समेत दर्ता गरेका छन् । खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । ‘खोज्नका लागि हामी सक्दो प्रयास गरिरहेका छौँ । यदि पाइएन भने नयाँ प्रक्रियाबाट पासपोर्ट लिनुपर्छ,’ डीएसपी यादवले भने ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तीन दलका प्रमुख नेताहरूलाई बिदाइ गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।

उनले आइतबार सामाजिक सञ्जालमा एक भिडियोमार्फत संवादको नयाँ वातावरण प्रारम्भ गर्न आग्रह गर्दै प्रमुख तीन दलका शीर्ष नेताहरूलाई बिदाइ गर्नुपर्ने बताएका हुन् ।

उनले देउवा, ओली र प्रचण्डबिच १० वर्षदेखि म्युजिकल चेयर चलिरहेकाले नै अहिलेको अवस्था सिर्जना भएको दाबी समेत गरेका छन् । उनले गत भदौ २३ र २४ अघिको नेपाल र त्यसपछिको नेपालको अवस्था फरक रहेको दाबी पनि गरेका छन् ।

‘म एमाले माओवादीका साथीहरूलाई पनि भन्न चाहन्छु, हामीले आफ्ना तीनवटै नेताहरूलाई प्रस्ट भन्नुपर्छ, अब नो मोर ।’ थापाले भने,‘हामी आफ्ना नेताहरूलाई सम्मान पनि गरौँ, सेम्पेथी पनि राखौँ । सँगसँगै कांग्रेस, एमाले, माओवादीका सबै साथीहरूलाई म अपिल पनि गर्छु, तीन वटै नेताहरूले इफ, बट नभनी नेतृत्व छाड्नुपर्छ ।’, थापाले भनेका छन् ।

साथै नेतृत्व बदल्नासाथ सबै कुरा बदलिन्छ भन्ने नभएको भन्दै आफूहरू पनि अनुपयुक्त भए छाड्न तयार रहेको जिकिर गरेका छन् ।

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादर महरा पक्राउ परेका छन् । विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोप लागेका पूर्वसभामुख महरालाई नेपाल प्रहरीको सीआईबीको टोलीले आइतबार पक्राउ गरेको हो ।

उनलाई भन्सार ऐन, २०६४ तथा संगठित अपराध कसूरमा पक्राउ गरिएको एसएसपी शिवकुमार श्रेष्ठद्वारा हस्ताक्षरित ब्युरोको विज्ञप्तिमा उल्लेख छ ।

महरा संलग्न रहेको भनिएको सुन तस्करी प्रकरण ब्युरोले अनुसन्धान गर्दै आएको थियो । महरालाई २०८० चैतमा पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।

महरासँग यसअघि विहिबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएको थियो । त्रिभुवन विमानस्थलबाट भेपमार्फत सुन भिर्त्याउन संलग्न चिनियाँ नागरिक लुई होनसोङ र दाओनिज वाङसँग उपाध्यक्ष महरा र उनका छोरा राहुलको निरन्तर संवाद भएको कल रेकर्डले देखाएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा नियमित जाँचका क्रममा २९ माघ २०७९ मा दुई वटा सुटकेसभित्र ७३ बट्टामा रहेको ७३० थान ई–सिगरेट (भेप) बरामद भएको थियो । जाँच गर्दा त्यसमा सुन भएको थाहा पाएपछि भन्सारका नायब सुब्बाको मिलेमतोमा गोदाममा भएको भेप साटफेर गरेर ९ किलो सुन बिक्री गरेको खुलेको थियो ।

व्यापारिक प्रयोजनका लागि अवैध ढंगले ल्याएको भनी ‘भेप’ जफत गरियो । पछि विमानस्थलका सुरक्षा गार्ड निर्मल विकले भेपभित्र सुन रहेको थाहा पाएपछि सुन चोरीमा दिनेश बस्नेत, भन्सारका नायब सुब्बा रेवन्त खड्का लगायत जोडिएका थिए । दिनेशले नायब सुब्बा रेवन्तको सहयोगमा सुन रहेको भेप निकाली सक्कली भेप राख्न सफल भएका थिए ।

 

तत्काल खुल्न आए अनुसार सो समूहले भेपबाट करिब ९ किलो सुन निकाली प्रतितोला ८० हजार रुपैयाँमा सुन तस्करीमा संलग्न गिरोहलाई बिक्री गरेको थियो ।

भेप जाँचपास गर्दा शंकास्पद देखिएपछि त्रिभुवन विमानस्थल भन्सार विभागले डेढ महिना भन्सारमा थन्काएर राखेको थियो । भन्सार गोदाममा थन्किएर बसेको भेप छुटाउनुअघि कर्मचारीको मिलेमतोमा अर्कै भेप राखेर सुन राखिएको भेप बाहिर ल्याइएको थियो ।

सुन रहेको भेप छुटाउन पूर्वसभामुख महरा, उनका छोरा राहुल महराले भन्सारका कर्मचारीलाई पटक–पटक फोन संवाद गरेको विषय बाहिर आएपछि छानबिन सुरु भएको थियो । चिनजानका आधारमा महराले भेप छुटाउनका लागि तत्कालीन भन्सार प्रशासक अरुण पोखरेल र कर्मचारीलाई फोन गरेका थिए ।

तस्करीको सुन ल्याउने समूहमा रहेका लुई नाम गरेका एक चिनियाँ नागरिक रहेको र उनीसँग महराको बारम्बार प्रत्यक्ष सम्पर्क भएको भेटिएको थियो । लुईले तस्करीका लागि दाओजिन वाङ नामका व्यक्तिलाई परिचालन गर्ने गरेको र वाङले नेता महरा र उनका छोरा राहुललाई बारम्बार सम्पर्क गर्ने गरेको अनुसन्धानबाट खुलेको थियो ।

राहुलले लुईका सवारी चालक लोकेन्द्र पौडेल, वाङ र असिन नाम गरेका व्यक्तिसँग बारम्बार कुरा गरेको पाइएको छ । दाओजिन वाङले लुई, लुईका चालक लोकेन्द्र पौडेल, श्याम साह र भन्सार एजेन्ट खुवाप्रसाद न्यौपाने लगायतलाई समेत बारम्बार सम्पर्क गरेको भेटिएको थियो ।

महराका छोरा राहुललाई सीआईबीले गत १२ भदौ २०८० गते पक्राउ गरिएको थियो । सुन तस्करीमा संलग्न चिनियाँ गिरोहसँग महरा बाबुछोराको पटक–पटक टेलिफोन संवाद भएको सरकारी अनुसन्धानबाटै पुष्टि भएको थियो। चिनियाँ तस्कर र उसको समूहसँग बाबुछोराले २ सय ५६ पटक फोन सम्पर्क गरेको खुलेको थियो ।

 

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह शनिबार बिहान नियमित स्वास्थ्य परीक्षणका लागि ह्याम्स अस्पताल पुगेका छन्। बिहान करिब १० बजे उनी अस्पताल पुगेका हुन्।

अस्पताल स्रोतका अनुसार शाहको यो नियमित स्वास्थ्य परीक्षण हो र कुनै आकस्मिक स्वास्थ्य समस्या नरहेको बताइएको छ।

मेष : दिन राम्रो छ । बन्धुसँगको सहकार्यले तपाईंलाई फाइदा हुनेछ । शिक्षा र स्वास्थ्यमा केही समस्या देखिन सक्छ । वैदेशिक रोजगारीमा मन जानेछ । परीक्षा लेखेको भए नतिजा तपाईंको पक्षमा आउनेछ । परिवारभित्र मेलमिलाप हुनेछ ।

वृष : दिन राम्रो छ । धानलक्ष्मी योग परेको छ । व्यापार व्यवसायमा राम्रो आम्दानी हुनेछ । स्वदेशमै विकल्प देखिनेछ । पठनपाठनमा जोश र जाँगर बढ्नेछ । परिवारको साथ मिल्नेछ ।

मिथुन : दिन राम्रो छ । मन प्रशन्न रहनेछ । अधुरा काम बन्नेछन् । परिवारको साथ सहयोग प्राप्त हुनेछ । बौद्धिक क्षेत्रमा मन जानेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कर्कट : दिन सामान्य छ । शत्रु बढ्नेछन् । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या आउन सक्छ । अग्रज र बौद्धिक व्यक्तिको सल्लाह लिएर गरेको काम सफल बन्नेछ ।

सिंह : दिन राम्रो छ । शिक्षा, स्वास्थ्यमा सुधारका संकेत देखिनेछन् । गोपनीयता कायम राख्नु उचित हुनेछ । स्वदेशमा भन्दा वैदेशिकमा गरेको लगानीबाट नाफा हुनेछ । शिक्षामा थप मिहिनेत गर्नु उचित हुन्छ ।

कन्या : दिन राम्रो छ । काम गर्दा बोली र व्यवहारमा एकरुपता ल्याउनु जरुरी छ । सहयोगी मित्र बढ्नेछन् । सामाजिक सेवाका अवसर मिल्नेछ । गोपनीयता भंग नगर्नु राम्रो हुनेछ ।

तुला : दिन राम्रो छ । तपाईंको प्रतिभाको प्रदर्शनी गर्ने दिन छ । साथीले सहयोग गर्नेछन् । शिक्षा र स्वास्थ्यमा सुधारका संकेत देखिनेछन् । परिवारभित्र मेलमिलाप हुने योग छ ।

वृश्चिक : दिन सामान्य छ । शरीरमा थकान बढ्नेछ । कार्यक्षेत्रमा शत्रु बढ्नेछन् । कुरा काट्ने सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्ने देखिन्छ । आम्दानीका स्रोत बढ्ने योग छ । स्वास्थ्यमा भने विशेष ध्यान दिनुपर्ने समय छ ।

धनु : दिन राम्रो छ । पूराना साथीसँगको भेटले नयाँ योजना बन्नेछन् । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । परिवारको साथमा रमाइलो गर्ने योग छ । छोटो यात्रा तय होला ।

मकर : दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । अनावश्यक यात्रामा नजानु उपयुक्त हुनेछ । धर्मकर्ममा मन जानेछ । विज्ञको सल्लाहमा गरेको कामबाट फाइदा हुनेछ ।

कुम्भ : दिन राम्रो छ । तपाईंले आज गरेको कामको प्रशंसा हुनेछ । आफन्तबाट माया पाइनेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा भने समस्या पर्नसक्ने जोखिम छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मीन : दिन सामान्य छ । बोल्नु अगाडि तीन पटक सोच्नु उचित हुन्छ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने हुन्छ । व्यवहार गर्दा कम बोल्नु राम्रो हुन्छ । स्वास्थ्यमा समस्या आउनेछ । संकटमा परिवारको भने साथ मिल्नेछ ।

काठमाडौं – गाजामा हमासले नियन्त्रणमा लिएका जीवित बन्धकको सूचीमा नेपालका विपिन जोशीको नाम समेटिएको सार्वजनिक भएको छ । हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गर्नु अगाडि सार्वजनिक सूचीमा विपिनको नाम समेटिएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम वाशिङ्टन पोस्टले जीवित बन्धकको सूचीमा विपिन रहेको सार्वजनिक गरेको हो ।

यसअघि सिएनएसनले सार्वजनिक गरेको सूचीमा विपिन अज्ञात रहेको उल्लेख थियो । वाशिङ्टन पोस्टसँगै टाइम्स अफ इजरायल, एपीसहित अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सार्वजनिक गरेको सूचीमा भने विपिन जीवित रहेको उल्लेख छ ।

जीवित रहेको विश्वास गरिएका बन्धक सबै पुरुष हुन्, जसमा एक जनाबाहेक सबै २० र ३० को उमेर समूहका छन्। महिला, बालबालिका र ५० वर्षमाथिका पुरुषलाई अघिल्ला युद्धविराम सम्झौताअनुसार मुक्त गरिसकिएको छ।

एक महिला, इनबार हाइमान, ती २६ मध्ये एक हुन्, जसलाई गाजामै मृत घोषित गरिएको छ।

विपिन जोशी, एक नेपाली विद्यार्थी थिए । दक्षिण इजरायलको अलुमिम किबुत्जमा खेतमा काम गर्दै गर्दा अपहरणमा परेका थिए। उनको परिवारले हालै इजरायली सेनाले गाजाबाट फेला पारेको भिडियोमा विपिनलाई जीवित देखिएको पुष्टि गरेको छ।

यो भिडियो सन् २०२३ नोभेम्बरमा खिचिएको अनुमान छ। बन्धक परिवारको फोरमले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘भिडियोलाई देखेपछि हामीलाई अझ दृढ विश्वास भएको छ कि विपिन जीवित छन्।’

इजरायली अधिकारीले यसअघि उनको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका थिए।

जोशीबाहेक चार अन्य विदेशी नागरिक अझै गाजामा छन् । जसमा-तीन जना थाइल्यान्डका र एक जना तान्जानियाका हुन्। तीमध्ये तीनजना, सोनथाया ओक्कारास्री, सुदथिसाक रिन्थालक (थाइल्यान्ड), र जोशुआ मोलेल (तान्जानिया), लाई इजरायली सरकारले मृत घोषित गरेको छ। बाँकी एकजना थाइ नागरिक जीवित रहेको विश्वास गरिएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।