काठमाडौं- चुनावी सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति तथा संसद् विघटनविरुद्धका सबै रिट दर्ता भएका छन्।
सर्वोच्च अदालतमा मंगलबार पेस भएका नौ रिट बुधबार संवैधानिक इजलासमा दर्ता भएका हुन्। जेन–जी आन्दोलनमा दमन गर्नेमाथि कारबाहीको मागसहित परेको अर्को एक रिट पनि बुधबार दर्ता भएको छ।
जेन–जी आन्दोलनपछि सर्वोच्च अदालतले रिट तथा निवेदन दर्ता गर्न सुरु गरेको पहिलो दिन मंगलबार १४ रिट पेस भएका थिए। तीमध्ये १० वटा प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटनविरुद्ध तथा आन्दोलनका दमनकारीमाथि कारबाही माग गरिएकोसम्बन्धी छन्।
१० वटै रिटको पेसी कात्तिक १२ गतेलाई तोकिएको छ।
