२०८३ बैशाख १८ गते शुक्रबार
२०८३ बैशाख १८ गते शुक्रबार

डीपी अर्यालले दिए सभामुख उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल (डीपी) ले सभामुख पदमा मनोनयन दर्ता गराएका छन् ।

शुक्रबार रास्वपाबाट सभामुख पदमा मनोनयन दर्ता गराइको पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।

उनले भने, ‘पार्टीको उपसभापति डोलप्रसाद अर्याललाई हामीले पार्टीको तर्फबाट सभामुखको उम्मेदवारमा प्रस्ताव गरेर दर्ता गरेका छौं । यो विषयमा अरु पार्टीहरुसँग पनि छलफल भइरहेको छ । उपसभामुखको लागि अहिले छलफल गरेका छैनौं । यो सभामुखको निर्वाचन पश्चात मात्रै यो विषयले प्रवेश लिनेछ । अहिले सभामुखमै केन्द्रित छौं ।’

उनको प्रस्तावकमा प्रतिनिधिसभा सदस्य समेत रहेका पार्टी सभापति रवि लामिछाने छन् । सभामुख पदको निर्वाचनमा चैत २२ गते हुँदैछ । त्यसका लागि संघीय संसद सचिवालयले आज शुक्रबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सभामुख पदको उम्मेदवारी दर्ताको समय तोकेको छ । लगत्तै साढे २ बजे उम्मेदवारको सूची प्रकाशित हुनेछ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।