नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर तामाङ ‘कान्छाराम’लाई जिल्ला सभापतिको जिम्मेवारीबाट निलम्बन गरेको छ ।
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बुधबार बसेको अनुशासन समितिको बैठकले उनलाई रामेछाप जिल्ला सभापति पदमा रही कामकाज गर्न नपाउने गरी निलम्बन गर्ने निर्णय गरेको हो ।
तामाङ रामेछाप जिल्लाका सभापति रहेका थिए ।









