२०८३ भाद्र १० गते बुधबार
२०८३ भाद्र १० गते बुधबार

अधिवक्ताले गरे सर्वोच्च अदालत परिसरबाट आत्महत्याको प्रयास

ठगी मुद्दामा आफूविरुद्ध फैसला आएपछि एक अधिवक्ताले सर्वोच्च अदालत परिसरबाट हामफालेर आत्महत्या प्रयास गरेका छन्। आत्महत्या प्रयास गर्ने अधिवक्ता लालबहादुर राई रहेको बताइएको छ।

मुद्दामा आफूविरुद्ध फैसला आएपछि उनले सुसाइड नोट लेखेर सर्वोच्च अदालत परिसरबाट हामफाल्ने प्रयास गरेको जनाइएको छ।

उच्च अदालतमा ठगीसम्बन्धी मुद्दामा पराजित भएपछि पुनरावेदनका लागि सर्वोच्च अदालत पुगेका अधिवक्ता लालबहादुर राईले सर्वोच्चबाट पनि आफूविरुद्ध फैसला भएपछि आत्महत्या प्रयास गरेको बताइएको छ।

राईले सोमबार दायर गरेको पुनरावेदनमाथि सर्वोच्च अदालतका न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र शान्तिसिंह थापाको इजलासले सुनुवाइ गर्दै फैसला सुनाएको थियो। सर्वोच्च अदालतको वेबसाइटमा उपलब्ध विवरणअनुसार यसअघि भएको फैसला सदर भएको देखिन्छ।

सर्वोच्च अदालत सुरक्षा प्रहरी प्रमुख एसपी अर्जुनप्रसाद तिमल्सिनाका अनुसार राई सकुशल छन्। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।