२०८३ असार ६ गते शनिबार
२०८३ असार ६ गते शनिबार

धितोपत्र बोर्डको अध्यक्षमा भट्ट नियुक्त

 सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा डा.गोपालप्रसाद भट्टलाई नियुक्त गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कैलाली निवासी भट्टलार्ई नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो। गत वैशाख ४ गते सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएपछि यो पद रिक्त रहेको थियो।

त्यस्तै बैठकले नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक संघीय संसद्समक्ष पेस गर्न स्वीकृत दिने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले जानकारी दिए।

 

बैठकले सहकारीसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमाको लागि सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ।

यी हुन मन्त्रिपरिषद् बैठकका निर्णयहरू : 

१.नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक संघीय संसद् समक्ष पेस गर्न स्वीकृति दिने ।

२. नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा डा. गोपाल प्रसाद भट्ट, कैलालीलाई नियुक्ति गर्ने ।

३. सहकारी सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमाको लागि सैद्धान्तिक स्वीकृति गर्ने ।

४. बचत तथा ऋण सहकारी (नियमन तथा सुपरीवेक्षण) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाको लागि सैद्धान्तिक स्वीकृति गर्ने ।

५. राष्ट्रिय सेवा दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति प्रदान गर्ने ।

६. संघीय संसद् समक्ष देहायका प्रतिस्थापन विधेयकहरू पेस गर्न स्वीकृति प्रदान गर्नेः

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।