२०८३ भाद्र ८ गते सोमबार
२०८३ भाद्र ८ गते सोमबार

साल्ट ट्रेडिङको दैनिक उपभोग्य वस्तुको आपूर्तिमा मात्र सिमित छैन : अध्यक्ष श्रेष्ठ

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका अध्यक्ष प्रदीपलाल श्रेष्ठले मुलुकको जनस्वास्थ्य रक्षा र आपूर्ति व्यवस्थापनमा संस्थाले उल्लेख्य योगदान पुर्‍याउँदै आएको बताएका छन् ।

सोमवार काठमाडौंमा आयोजित ‘हेमबहादुर मल्ल सम्मान (२०८१/२०८२)’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले यस्तो धारणा व्यक्त गरेका हुन् । सम्बोधनका क्रममा अध्यक्ष श्रेष्ठले नेपाल सरकारले तोकेको मापदण्डअनुसार आयोडिनयुक्त नुन आपूर्ति गरी नागरिकको मानसिक एवं शारीरिक स्वास्थ्य समस्या न्यूनीकरणमा साल्ट ट्रेडिङले जिम्मेवार भूमिका निर्वाह गरेको उल्लेख गरे ।

उनले संस्था दैनिक उपभोग्य वस्तुको आपूर्तिमा मात्र सीमित नरही कृषि, उद्योग र निर्माण क्षेत्रको विकासमार्फत राष्ट्रिय अर्थतन्त्रमा योगदान दिन निरन्तर क्रियाशील रहेको बताए । कृषि क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै साल्ट ट्रेडिङले रासायनिक मलका साथै आफ्नै पहलमा गैर–रासायनिक मलसमेत आयात गरी किसानलाई उपलब्ध गराउँदै आएको उनले जानकारी दिए ।

हाल संस्थाले नुन, चिनी, मैदा, पिठो, चामल, दाल र खाने तेलका अतिरिक्त खाना पकाउने ग्यास एवं छापाखानाका लागि आवश्यक कागजसमेत विक्री वितरण गर्दै आएको छ । उपभोक्ताको हितलाई ध्यानमा राख्दै राष्ट्रिय चाडपर्वका अवसरमा सञ्चालन गरिने सहुलियत मूल्य पसललाई आगामी दिनमा पनि निरन्तरता दिइने अध्यक्ष श्रेष्ठले प्रतिबद्धता व्यक्त गरे ।

साथै, देशमा आइपर्ने प्राकृतिक प्रकोप तथा विभिन्न विपत्तिका समयमा अत्यावश्यक वस्तुहरूको नियमित आपूर्ति सुनिश्चित गर्न संस्थाले खेल्दै आएको भूमिका आगामी दिनमा अझ प्रभावकारी बनाइने उनको भनाइ छ ।

ट्रेन्डिङ

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।