२०८३ भाद्र १५ गते सोमबार
२०८३ भाद्र १५ गते सोमबार

बाढीले ११ वटा जलविद्युत् आयोजना तहसनहस , कुन आयोजनामा कति कर्मचारी बेपत्ता ?

भोटेकोशी बाढीपछि रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनामा कार्यरत सयौँ कर्मचारी तथा श्रमिक सम्पर्कविहीन भएका छन्।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले सार्वजनिक गरेको विवरणअनुसार रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा ठूलो संख्यामा कर्मचारी तथा श्रमिक सम्पर्कविहीन भएका हुन्।

बाढीका कारण आयोजना क्षेत्रमा सडक तथा सञ्चार सम्पर्क विच्छेद हुँदा सुरुङ र आयोजना परिसरमा रहेका कर्मचारी तथा श्रमिकको अवस्थाबारे यकिन जानकारी लिनसमेत कठिनाइ भइरहेको छ। उद्धारका लागि हेलिकप्टरसहित सुरक्षा निकाय, भारत र चिनका उद्धार टोलि पनि परिचालन गरिएको छ ।

रसुवाका ६ आयोजना:

माथिल्लो त्रिशूली–१ (२१६ मेगावाट) : ५७६ जना सम्पर्कविहीन (अहिलेसम्म २५४ जनाको उद्धार, ३०० जना सुरूङमा फसेको)
रसुवागढी (१११ मेगावाट) : ९३ जना
लाङटाङ खोला (२० मेगावाट) : ४२ जना (१८ जनाको उद्धार, सुरूङभित्र अझै २५ जना फसेको)
चिलिमे (२२ मेगावाट) : ८ जना
मैलुङ खोला (५ मेगावाट) : ७ जना (सुरूङमा नफसेको)
रसुवा–भोटेकोशी (१२० मेगावाट) : ४ जना

नुवाकोटका ५ आयोजना:

माथिल्लो त्रिशूली–३ ‘बी’ (३७ मेगावाट) : १२२ जना (११ जनाको उद्धार)
माथिल्लो त्रिशूली–३ ‘ए’ (६० मेगावाट) : ४२ जना
मिडल त्रिशूली गंगा (१९.६ मेगावाट) : २ जना
त्रिशूली (२४ मेगावाट) : १ जना
देवीघाट (१४.९ मेगावाट) : १ जना

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।