२०८३ भाद्र १६ गते मंगलवार
२०८३ भाद्र १६ गते मंगलवार

रसुवा बाढी : बेपत्ताको संख्या यकिन गर्न कठिन, खोजी तथा उद्धार तीव्र

रसुवा बाढीमा बेपत्ता भएका व्यक्तिको यकिन संख्या निर्धारण गर्न कठिन भइरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार स्थानीय तह, प्रशासन, सुरक्षा निकाय, राष्ट्रिय निकुञ्ज तथा हाइड्रो आयोजनाबाट प्राप्त विवरण संकलन गरी बेपत्ताको वास्तविक संख्या पहिचान गर्ने प्रयास भइरहेको छ।

सोमबार बिहानसम्म आधिकारिक निकायबाट प्राप्त विवरणअनुसार ४ हजार २०२ जना बेपत्ता रहेको जनाइएको छ। खोजी तथा उद्धार कार्य जारी रहेकाले उक्त संख्या अझै घटबढ हुन सक्ने प्राधिकरणकी प्रवक्ता शान्ति महतले बताइन्।

हाइड्रो आयोजनाका सुरुङबाट मात्रै २८९ जनाको उद्धार गरिएको छ भने आइतबार चिनियाँ १५ र भारतीय ७ गरी २२ जनालाई उद्धार गरिएको थियो।
बाढीमा परी हालसम्म ९०३ जनाको मृत्यु भएको र १० हजारभन्दा बढीको उद्धार गरिएको प्राधिकरणले जनाएको छ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।