२०८३ भाद्र १६ गते मंगलवार
२०८३ भाद्र १६ गते मंगलवार

मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । सोमबार आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत उनले राष्ट्रिय टोलीबाट आफ्नो यात्रा टुङ्गिएको जानकारी गराएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘मैले राष्ट्रिय टोलीका लागि आफ्नो सबैथोक दिएँ। अब मसँग दिनका लागि थप केही बाँकी छैन। टोलीमा अहिले धेरै राम्रा युवा खेलाडीहरू आइरहेका छन्, जो यहाँ रहन योग्य छन् ।’

२० वर्ष लामो आफ्नो खेल जीवनको स्मरण गर्दै उनले आफूलाई माया गर्ने समर्थक, परिवार, प्रशिक्षक र साथीहरूलाई धन्यवाद दिएका छन् । उनले अर्जेन्टिनाको जर्सी लगाएर खेल्न पाउनु र देशलाई सफलता दिलाउन पाउनु आफ्नो लागि सधैँ गर्वको विषय रहेको बताएका छन् ।

उनले आफ्नो बुबासँग जोडिएको हालैको घटनाले सन्यास लिने निर्णयमा आफूलाई झन् दृढ बनाएको उल्लेख गरेका छन्। ‘अब म मैदान बाहिरबाट टोलीको समर्थक बनेर बस्नेछु,’ उनले लेखेका छन् ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।