२०८३ भाद्र २३ गते मंगलवार
२०८३ भाद्र २३ गते मंगलवार

एसिसी प्रिमियर कप : नेपाल हङकङसँग १५ रनले पराजित

मलेसियामा जारी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल हङकङसँग १५ रनले पराजित भएको छ ।

जितको लागि हङकङले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपाल ४९ दशमलव १ ओभरमा सवै विकेट गुमाउदै २४६ रनमा समेटियो । नेपालका लागि इशान पान्डेले सर्वाधिक ९० रन बनाए ।

उनले १०६ बलमा ६ चौका र दुई छक्का प्रहार गर्दै ९० रनको योगदान गरेका हुन । त्यसैगरी आसिफ शेखले ४४, दिपेन्द्रसिंह ऐरीले २५, करण केसीले २१ तथा गुल्शन झाले २० रन बनाए ।

बलिङतर्फ हङकङका लागि एइजाज खानले ४ विकेट लिए । त्यस्तै यासिम मुर्तजाले २ विकेट लिँदा किन्चित शाह, नसरुल्ला राना र अतिक इक्बालले समान १÷१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको हङकङले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६१ रनको योगफल बनाएको थियो । उसका लागि बाबर हायातले १२७ बलमा ७ चौका र ७ छक्काको सहयोगमा ११७ रनको योगदान दिएका हुन । त्यस्तै एहसान ३५ रनमा अविजित रहँदा शाहिद वासिफले ४५ रन बनाए ।

नेपालका लागि कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए भने शेर मल्लले ३ विकेट लिए । जितसँगै हङकङ प्रतियोतिगाको सेमिफाइनलमा पुगेको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।