२०८३ भाद्र २३ गते मंगलवार
२०८३ भाद्र २३ गते मंगलवार

गृहमन्त्रीले भने- जनताले काम गर्न पठाएका हुन्, राजीनामा दिन सकिँदैन : गृहमन्त्री

गृहमन्त्री सुधन गुरुङले कसैले राजीनामा माग्दैमा दिन नसकिने बताएका छन् ।

मंगलवार ललितपुरमा आयोजित शहीद विकास महर्जनको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

आफूहरुलाई जनताले दुई तिहाईको म्याण्डेट दिएर पठाएकाले कसैले राजीनामा माग्दैमा दिन नसकिने स्पष्ट पारे । उनले इतिहास र जनमतलाई कसैले फेर्न नसक्ने भन्दै जनताको अटुट विश्वासलाई कदर गर्दै अघि बढ्ने बताए ।

‘अघिनै मैले भनेको थिएँ, इतिहास हो । फेर्न सकिँदैन हजुर, इतिहास हो । नेपाली जनताले दुई तिहाई बहुमत दिएर जाऊ काम गर भनेर हामीलाई दिएको विश्वास हो, फेर्न सकिँदैन हजुर’ उनले भने ‘राजीनामा पनि दिन सकिँदैन । हामीलाई किनभने उहाँहरुले जिताएको होइन, नेपाली जनताले जिताएको हो हामीलाई ।’

उनले आफूहरू राजनीति गरेर शासन गर्न नभई विशुद्ध सेवा गर्ने भावले सरकारमा आएको दाबी गरे । गृहमन्त्री गुरुङले आगामी दिनमा सम्पूर्ण गृह प्रशासनलाई जनताको सेवामा पूर्ण रूपले परिचालन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

‘हजुरको आशिर्वाद लिएर हामी तपाईंहरुको सेवामा आएका छौँ । तपाईंहरुलाई राजनीति गरेर राज गर्न आएका होइनौँ हामी, हामी सेवा गर्न आएका हौँ । र सम्पूर्ण गृह प्रशासन तपाईँहरुको सेवामा लाग्नेवाला छ भनेर म तपाईंहरुलाई प्रमिस पनि गर्न चाहन्छु’ उनले भने ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।