२०८३ आश्विन ५ गते सोमबार
२०८३ आश्विन ५ गते सोमबार

पर्सामा दुई राउन्ड हवाई फायर गरेर ३० किलो गाँजासहित तीन जना पक्राउ

पर्सा प्रहरीले हवाई फायर गरी ३० किलोग्राम गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको छ। पटेर्वासुगौली गाउँपालिका–१ मलाही टोलमा गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा खटिएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पर्सा प्रहरीका अनुसार असोज ४ गते राति करिब १० बजे गाँजा ओसारपसार गरिरहेको अवस्थामा प्रहरी टोली पुगेपछि संलग्न व्यक्तिहरू भाग्न खोजेका थिए। उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले पेस्तोलबाट दुई राउन्ड हवाई फायर गरेको थियो।

पक्राउ पर्नेहरूमा पटेर्वासुगौली गाउँपालिका–१ का ५० वर्षीय महेश सहनी, ३४ वर्षीय नन्दलाल सहनी र ७५ वर्षीया भुटी भन्ने भुरी चौधरी रहेका छन्।

सुरुमा प्रहरीले ३० किलो गाँजासहित महेश र नन्दलाललाई नियन्त्रणमा लिएको थियो। उनीहरूमाथि थप अनुसन्धान गर्ने क्रममा ७५ वर्षीया भुरी चौधरी पनि गाँजा ओसारपसार कार्यमा संलग्न रहेको खुलेपछि उनलाई पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।

पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।