२०८३ आश्विन २४ गते शनिबार
२०८३ आश्विन २४ गते शनिबार

ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले

ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभानमा भीषण आगलागी भएको छ।

आगलागीमा परी करिब १० घर जलेर नष्ट भएको प्रारम्भिक जानकारी छ। करिब ५० घरधुरी रहेको बाक्लो बस्तीमा आगलागी भएपछि नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १ कञ्चनजंघा गुल्मबाट सुरक्षाकर्मी परिचालन गरिएको छ।

आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ। आगलागीबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ।

 
 

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।