२०८३ आश्विन २५ गते आईतवार
२०८३ आश्विन २५ गते आईतवार

कांग्रेस सहमहामन्त्रीहरूको मतगणना सुरू, महिला केन्द्रीय सदस्य खुलाको पनि थालियो

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्रीहरू र महिला केन्द्रीय सदस्य खुलाको मतगणना थालिएको छ ।

आइतबार साँझदेखि सहमहामन्त्रीहरू खुला, सहमहामन्त्री (महिला) र केन्द्रीय सदस्य (महिला) को गणना पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको निर्वाचन समितिले जानकारी दिएको छ ।

विभिन्न ६ ठाउँमा उक्त गणना भइरहेको हो ।

सहमहामन्त्री खुलामा नौ जना चुनावी मैदानमा छन् । जसमा दुई जना निर्वाचित हुन्छन् । उम्मेदवारहरूमा अजयबाबु शिवाकोटी, अमृतकुमार अर्याल, देवेन्द्रराज कणेल, डिल्लीराम सुवेदी, विकास कोइराला, विमलराज क्षेत्री, रमेशप्रसाद धमला, रामहरि खतिवडा र राजीव ढुंगाना रहेका छन् ।

एक जना महिला सहमहामन्त्रीका लागि नानुमैया बास्तोला र प्रतिमा गौतम प्रतिस्पर्धी रहेका छन् ।

केन्द्रीय सदस्य महिला खुलामा १५ जनाका लागि ३६ जना प्रतिस्पर्धामा छन् । जसमा अकला गुरुङ, अनिता देवकोटा, इन्दिरा चौलागाई, उमा दाहाल, उर्मिला थपलिया, कल्पना तिवारी, कान्तिका सेजुवाल, कुसुमदेवी थापा, गंगा दाहाल, गंगा शाही, गण्डकी थापा अधिकारी, गीता सत्याल, चिनी पोखरेल (चिनु), जमुना ढकाल, तुलसी देवकोटा, धनाकुमारी खतिवडा, नम्रता बराल, निमा गिरी, निर्मला क्षेत्री प्रतिस्पर्धी छन् ।

त्यस्तै निर्मला तामाङ बस्नेत (नीरू), पवित्राकुमारी अर्याल, भगवती काफ्ले भण्डारी, भवानी देवकोटा, विनिता खड्का, विष्णुकुमारी सापकोटा, वासना थापा, मुना भुसाल, मोदती केसी, यस्मिन ढुंगाना, राधिका कटुवाल, रीता थापामगर, रीता सेन ओली, लक्ष्मी पाण्डे र सम्झना खत्री, सुमित्राकुमारी बम र सृजना अधिकारी रहेका छन् ।

ट्रेन्डिङ

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।