२०८३ आश्विन २५ गते आईतवार
२०८३ आश्विन २५ गते आईतवार

बूढीगण्डकी बाढी : नेपाली सेनाले गर्यो ६ जनाको हवाई उद्धार

 बूढीगण्डकी नदीमा आएको बाढीपछि खोज तथा उद्धार कार्यमा खटिएको नेपाली सेनाले गोरखाको जगत क्षेत्रबाट ६ जनाको हवाई उद्धार गरेको छ ।

नेपाली सेनाका अनुसार बाढी र पहिरोको जोखिममा रहेको जगत क्षेत्रबाट हवाई साधनमार्फत ६ जनाको उद्धार गरिएको हो । उद्धार कार्यका लागि नेपाली सेनाको टोली हवाई तथा स्थलमार्गबाट परिचालन गरिएको छ ।

त्यस्तै, काठमाडौँमा रहेको कम्पोजिट क्विक रियाक्सन टिमलाई समेत हवाईमार्फत उक्त क्षेत्रमा तैनाथ गरिएको नेपाली सेनाले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सेनाको टोली परिचालन गरिएको हो।

ट्रेन्डिङ

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।