२०८३ कार्तिक २१ गते शुक्रबार
२०८३ कार्तिक २१ गते शुक्रबार

एनपीएल : पोखराको लगातार चौथो हार

राजधानीमा जारी नेपाल प्रिमियर लिग ९एनपीएल० अन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोजले  पोखरा एभेन्जर्सलाई ३० रनले पराजित गरेको छ। 

जितका लागि पाएको१५२ रनको लक्ष्य पछ्याएको पोखरा१९ ओभरमा १२१ रनमा समेटियो ।

 उसका अर्जुन कुमालले सर्वाधिक ४५ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन।

चितवनका रिजन ढकालले ४,कमलसिंह ऐरीले ३ विकेट लिए। 

यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा  ६ विकेटको क्षतिमा १५१ बनायो ।

पोखराले टस जितेर बलिङ रोजेको छ। जसमा कप्तान सिकन्दर राजाले ३७,रवि वोपराले ३५, अर्जुन साउदले ११ रन जोडे। 

पोखराका कप्तान चमिका करूणत्ने,कुशल भुर्तेल र विपीन खत्रीले २र२ विकेट लिए।

लगातार चौथो हार व्यहोरेको पोखराको प्लेअफ सम्भावना न्यून छ। पोखराले बाँकी रहेका ३ खेल जितेपनि अन्य टोलीको नतिजामा भर पर्नुपर्नेछ।

चार खेलबाट पाँच अंक जोडेको चितवन तेस्रो स्थानमा पुगेको छ। 

आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ३९ रनले  हरायो।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।