२०८३ कार्तिक २७ गते बिहीबार
२०८३ कार्तिक २७ गते बिहीबार

एनपीएल : विराटनगरसँग ४ विकेटले पराजित भएपछि बाहिरियो पोखरा

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको पहिलो खेलमा विराटनगर किङ्ग्स विजयी भएको छ। विराटनगरले पोखरा एभेन्जर्सलाई ४ विकेटले हरायो। 

विराटनगरको यो तेस्रो जित हो। तेस्रो जितले विराटनगरले प्लेअफको सम्भावनालाई जीवित राखेको छ । पाचौं खेल हारेको पोखरा भने प्रतियोगिताबाट बाहिरिएको छ। 

जितका लागि पाएको १३३ रनको लक्ष्य विराटनगरले १९.२ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्याे।

जसमा बसिर अहमदले ३७ र लोकेश बमले ३३ रनको योगदान गरे। 

पोखराका कुशल भुर्तेल र रमेश मेन्डिसले २÷२ विकेट लिए।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पोखरा १७.५ ओभरमा १३२ रनमा समेटियो । जसमा युवराज सामराले सर्वाधिक ८४ रन बनायो। विराटनगरका कप्तान सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिए।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।