२०८३ मंसिर ३ गते बुधबार
२०८३ मंसिर ३ गते बुधबार

झन्डै २ किलो सुनसहित त्रिभुवन विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार तथा सशस्त्र प्रहरीको सुरक्षा जाँच पार गरिसकेका एक चिनियाँ नागरिक सुनसहित पक्राउ परेका छन्।

हङकङबाट नेपाल वायुसेवा निगमको उडानमार्फत काठमाडौँ आएका चिनियाँ नागरिक जियानह्वा वाङलाई नेपाल प्रहरीले एक किलो ८०३ दशमलव ७७ ग्राम सुनसहित नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार चीनको जिलिन प्रान्तका वाङ मंगलबार मध्यराति १ बजेर २५ मिनेटमा विमानस्थलबाट पक्राउ परेका हुन्। उनी नेपाल वायुसेवा निगमको आरए ४१० नम्बरको उडानमार्फत हङकङबाट काठमाडौँ आएका थिए।

विमानस्थलस्थित भन्सार तथा सशस्त्र प्रहरीको जाँच क्षेत्र पार गरिसकेपछि नेपाल प्रहरीको टोलीले उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका वाङलाई बरामद सुनसहित थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रियाका लागि त्रिभुवन विमानस्थलको गौचरस्थित भन्सार कार्यालयमा बुझाइएको छ।

ट्रेन्डिङ

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।