२०८३ मंसिर ३ गते बुधबार
२०८३ मंसिर ३ गते बुधबार

पाँचखालको ह्वाइट पार्क रिसोर्टमा छापा, ३६ चिनियाँ नागरिक पक्राउ

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ शिखरपुरस्थित ह्वाइट पार्क रिसोर्टबाट शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ३६ जना चिनियाँ नागरिक पक्राउ परेका छन्।

रिसोर्टमा विदेशी नागरिकहरूको शंकास्पद गतिविधि भइरहेको भन्ने जनगुनासोका आधारमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको संयुक्त टोलीले मंगलबार दिउँसो करिब ३ बजे उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरी नायब उपरीक्षक रविन विष्ट र प्रहरी निरीक्षक मनराज बानियाँको कमान्डमा खटिएको ३० जनाको संयुक्त सुरक्षा टोलीले रिसोर्टमा छापा मारेको थियो। चेकजाँचका क्रममा ३१ पुरुष र ५ महिला गरी ३६ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक ल्याइएको प्रहरीले जनाएको छ।

तलासीका क्रममा रिसोर्टका दुईवटा कोठाबाट ठूलो संख्यामा ल्यापटप तथा मोबाइल फोनसमेत बरामद भएको छ। पक्राउ परेकाहरूमाथि साइबर अपराध वा अन्य गैरकानुनी गतिविधिमा संलग्नता रहे/नरहेको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ट्रेन्डिङ

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।