२०८३ मंसिर ७ गते आईतवार
२०८३ मंसिर ७ गते आईतवार

नेपालको राष्ट्रिय झण्डाले सजियो नयाँदिल्ली

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारतको राजकीय भ्रमणलाई लक्षित गर्दै भारतको राजधानी नयाँदिल्लीका विभिन्न क्षेत्र सजाइएको छ ।

प्रधानमन्त्री शाहको स्वागतका लागि दिल्लीका विभिन्न स्थानमा नेपाल र भारतका राष्ट्रिय झण्डासहित प्रधानमन्त्री शाह र मोदीको तस्बिर समेत राखिएको छ ।

प्रधानमन्त्री नियुक्त भएपछि शाहको यो पहिलो विदेश भ्रमण हो । दुईदिने राजकीय भ्रमणका लागि प्रधानमन्त्री शाह आज भारत प्रस्थान गर्दै छन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सोमबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भेटमा नेपाल–भारत सम्बन्ध, आपसी सहकार्य तथा द्विपक्षीय हितका विविध विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

यसैगरी, प्रधानमन्त्री शाहले भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम छ । दुईदिने भारत भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार नै स्वदेश फर्कने कार्यतालिका रहेको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।