२०८३ मंसिर ७ गते आईतवार
२०८३ मंसिर ७ गते आईतवार

प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर रास्वपाले भन्यो– द्विपक्षीय सम्बन्ध थप मजबुत बन्नेछ

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको भारत भ्रमण द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउन कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गरेका छन् ।

भारतको औपचारिक राजकीय भ्रमणका सन्दर्भमा प्रधानमन्त्री शाहले सभापति लामिछानेसँग भेट गरी विस्तृत छलफल तथा जानकारी गराएको रास्वपाले जनाएको छ ।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यका अनुसार प्रधानमन्त्री शाहको नेतृत्वमा ३४ सदस्यीय प्रतिनिधिमण्डल भारत जान लागेको हो । प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार तथा राजनीतिक सल्लाहकारसहित उच्चपदस्थ सरकारी अधिकारी र विभिन्न संस्थाका प्रतिनिधिहरू सहभागी हुनेछन् ।

दुईदिने भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्च नेतृत्वसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणका क्रममा नेपाल–भारत द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल हुनुका साथै केही महत्त्वपूर्ण विषयमा समझदारी गर्ने तयारी रहेको आचार्यले बताएका छन् ।

नेपाल र भारतबीच रहिआएको ऐतिहासिक, राजनीतिक, आर्थिक, धार्मिक, सांस्कृतिक तथा सामाजिक सम्बन्धलाई थप मजबुत बनाउँदै आपसी विश्वास, सहकार्य र साझेदारी अभिवृद्धि गर्न भ्रमण महत्त्वपूर्ण हुने रास्वपाको विश्वास छ ।

रास्वपाले प्रधानमन्त्री शाहको भारत भ्रमण सफल, उपलब्धिमूलक र सुखद रहोस् भन्ने कामनासमेत गरेको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।