२०८३ मंसिर ७ गते आईतवार
२०८३ मंसिर ७ गते आईतवार

प्रधानमन्त्री बालेनको भारत भ्रमण दलमा को-को जादैछन् ?

प्रधानमन्त्री बालेन्द्र शाहको भारतको औपचारिक राजकीय भ्रमणमा ३५ सदस्यीय प्रतिनिधिमण्डल सहभागी भएका छन् । 

भ्रमण टोलीमा प्रधानमन्त्री शाहसहित अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह तथा सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र रहेका छन् ।

त्यस्तै, मुख्यसचिव गोविन्दबहादुर कार्कीसहित परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उच्चपदस्थ अधिकारीहरू पनि टोलीमा सहभागी छन् ।

प्रतिनिधिमण्डलमा लगानी बोर्ड नेपालकी प्रमुख कार्यकारी अधिकृत याङ्की उक्याब, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङलगायत सरकारी अधिकारीहरूको सहभागिता छन् ।

यसैगरी, प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीका निजी सचिवालयका कर्मचारी, प्रेस तथा सञ्चार सल्लाहकार, सुरक्षा अधिकारी, सैनिक सहयोगी तथा प्रोटोकल अधिकारीहरू पनि भ्रमण टोलीमा समेटिएका छन् ।

भ्रमण टोलीमा सञ्चारमाध्यमका तर्फबाट गोरखापत्रका संवाददाता तारा हमाल ढुंगाना, राष्ट्रिय समाचार समिति (रासस) का संवाददाता कमल कुमार बस्नेत र नेपाल टेलिभिजनका भिडियोग्राफर अशोककुमार बस्नेत सहभागी छन् ।

प्रधानमन्त्री शाहको भारत भ्रमणमा सरकारी अधिकारी, सुरक्षा निकायका प्रतिनिधि तथा सञ्चारकर्मीसहित कुल ३५ सदस्य सहभागी छन् ।

भ्रमण टोलीका ३५ सदस्यको नामावली यसप्रकार छ :

बालेन्द्र शाह – सम्माननीय प्रधानमन्त्री

डा. स्वर्णिम वाग्ले – अर्थमन्त्री

शिशिर खनाल – परराष्ट्रमन्त्री

कुमार व्यञ्जनकार – प्रधानमन्त्रीका प्रमुख सल्लाहकार

असिम शाह – प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार

विवेक मिश्र – प्रधानमन्त्रीका सूचना तथा सञ्चार प्रविधि सल्लाहकार

गोविन्दबहादुर कार्की – मुख्यसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

अमृतबहादुर राई – सचिव, परराष्ट्र मन्त्रालय

रुद्रसिंह तामाङ – सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

सुभाष शर्मा – प्रधानमन्त्रीका प्रमुख निजी सचिव

याङ्की उक्याब – प्रमुख कार्यकारी अधिकृत, लगानी बोर्ड नेपाल

जगदीश्वर पाण्डे – परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार

प्रदीप परियार – प्रधानमन्त्रीका निजी सचिव

गहेन्द्रराज भण्डारी – सहसचिव, दक्षिण एसिया महाशाखा, परराष्ट्र मन्त्रालय

कुमारराज खरेल – प्रमुख शिष्टाचार महापाल, परराष्ट्र मन्त्रालय

लोकबहादुर पौडेल क्षेत्री – सहसचिव तथा प्रवक्ता, परराष्ट्र मन्त्रालय

अमृत लाम्साल – सहसचिव, अर्थ मन्त्रालय

सुभाष ढकाल – सहसचिव, सूचना प्रविधि तथा डिजिटल सुशासन कार्यालय

सुनील पौडेल – सहसचिव, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय

दीपा दाहाल – प्रधानमन्त्रीका सञ्चार व्यवस्थापन तथा अनुसन्धान संयोजक

ललिता सिलवाल – उपसचिव, दक्षिण एसिया महाशाखा, परराष्ट्र मन्त्रालय

विजयराज तण्डुकार – उपसचिव, दक्षिण एसिया महाशाखा, परराष्ट्र मन्त्रालय

लोचन पौडेल – परराष्ट्रमन्त्रीका प्रमुख निजी सचिव

दीपकराज निरौला – शिष्टाचार अधिकृत, परराष्ट्र मन्त्रालय

मनोज गैरे – शाखा अधिकृत, दक्षिण एसिया महाशाखा, परराष्ट्र मन्त्रालय

लेफ्टिनेन्ट कर्णेल बलमुकुन्द बिष्ट – प्रधानमन्त्रीका प्रमुख सैनिक सहयोगी (एडीसी)

मेजर सुशील बानियाँ – प्रधानमन्त्रीका सुरक्षा अधिकारी

डीएसपी दिपेश बस्याल – प्रधानमन्त्रीका सुरक्षा अधिकारी

विनय शाक्य – प्रधानमन्त्रीका निजी उपसचिव (सञ्चार)

तारा हमाल ढुंगाना – संवाददाता, गोरखापत्र

कमल कुमार बस्नेत – संवाददाता, राष्ट्रिय समाचार समिति (रासस)

अशोककुमार बस्नेत – भिडियोग्राफर, नेपाल टेलिभिजन

प्रेमराज गौतम – उपप्रमुख शिष्टाचार महापाल, परराष्ट्र मन्त्रालय

मेजर रोशन केसी – प्रधानमन्त्रीका सैनिक सहयोगी (एडीसी)

मुकेश डंगोल – क्यान डीजी

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।