लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त आनि छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

राष्ट्रिय जेन-जी नागरिक अभियानका अभियन्ताहरू सुनिल सिंह, विरजन विश्वकर्मा र सफलता बोगटीले नियुक्ति कानुनसम्मत नभएको दाबीसहित सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।
नियुक्ति प्रक्रियामा कानुनी विधि र प्रक्रिया पालना नभएको तथा आनि छोइङ डोल्माको नागरिकता र सम्पत्ति शुद्धीकरणसम्बन्धी विषय विवादमा रहेको भन्दै रिट निवेदकहरूले नियुक्तिको वैधतामाथि प्रश्न उठाएका छन् ।

तर, विवादकै बीच उनले लुम्बिनी विकास कोषमा उपस्थित भएर उपाध्यक्षको कार्यभार सम्हालिसकेकी छन् ।











