२०८१ चैत्र ६ गते बुधबार
२०८१ चैत्र ६ गते बुधबार

पेस्तोलसहित चार भारतीय नागरिक पक्राउ

कञ्चनपुर – पेस्तोलसहित जिल्ला प्रहरी कार्यालयले बुधबार राति भीमदत्त नगरपालिका–६ ऐठपुरनजिक पूर्व–पश्चिम राजमार्गबाट चार भारतीय नागरिकलाई पक्राउ गरेको छ। भारतीय युके ०६ एआर ०८४६ नम्बरको कारलाई प्रहरीको टोलीले जाँच गर्दा पेस्तोल फेला पारेको हो।

कार चालकको सिटको पछाडिको भागको खल्तीमा पेस्तोल लुकाइछिपाइ राखेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले बताए।

उनका अनुसार पेस्तोल फेला परेपछि कारमा सवार भारतको उत्तराखण्ड प्रदेशको उधमसिंह नगर जिल्ला प्रेमनगर खटिमा बस्ने वर्ष ३२ का सञ्जय जेठी, वर्ष ३४ का जिवन सिंह, वर्ष ३२ का कोमल विष्ट र वर्ष ३४ का उमेद सिंह अधिकारीलाई पक्राउ गरी अनुसन्धानको कार्य अगाडि बढाइएको छ।

कारमा भारतीय नागरिक हतियारसहित गइरहेको गोप्य सूचनाका आधारमा प्रहरी उपरीक्षक चक्रराज जोशीको कमाण्डमा गएको प्रहरी टोलीले राति चारै जनालाई हतियारसहित पक्राउ गरेको बताइएको छ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।