राष्ट्रका समस्याको समाधान सगैँ प्रदेशको चुनावतर्फ ध्यान दिनुपर्छ : पौड्याल ।

0
218

जनकपुर, ७ मंसिर।  राष्ट्रका समस्याको समाधान सगैँ स्थानीय र प्रदेशको चुनावतर्फ ध्यान दिनुपर्ने नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् । राष्ट्रिय सहमति कायम गरेर संविधान संशोधनको प्रक्रियालाई अगाडि बढाउनु पर्नेमा पौड्यालको जोड रहेको छ । नेपाल प्रेस युनियन धनुषाद्वारा जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले संघियता, लोकतन्त्र एवम् समावेशिता जस्ता महत्वपूर्ण उपलब्धिलाई गुमाउने मूर्खता कसैले पनि गर्न नहुने बताए ।
संवादको माध्यमले संविधानको संशोधन र कार्यान्वयन गरी संघियता र गणतन्त्रलाई सुनिश्चित गर्नुपर्ने आवश्यकतामा पौडेलले जोड दिए ।