२०८१ चैत्र ६ गते बुधबार
२०८१ चैत्र ६ गते बुधबार

दुई सय ९२ वटा सवारीसाधनको प्रदूषण जाँच गर्दा एक सय ७४ फेल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दुई सय ९२ वटा सवारीसाधनको प्रदूषण जाँच गर्दा एक सय ७४ वटा अर्थात् ६० प्रतिशत सवारीसाधन प्रदूषण फेल भएका छन् ।

यसमध्ये पेट्रोलबाट चल्ने ७१ सवारी साधन जाँच गर्दा १४ वटा फेल भेटिए भने डिजेलबाट चल्ने दुई सय २१ वटा जाँच गर्दा एक सय ६० वटा फेल भएको कामपाले जानकारी दिएको छ । कामपाका सहायक प्रवक्ता धुव्रकुमार काफ्लेका अनुसार वातावरण तथा प्राकृतिक स्रोत ऐन, २०७७, प्रदूषण नियन्त्रण मापदण्ड, २०८१, फोहरमैल सं तथा ढुवानी कार्यविधि, २०८१ अनुसार सवारीसाधन जाँच गर्न थालिएको हो ।

कानुनी व्यवस्था कार्यान्वयन गर्दै सहरमा गुड्ने सार्वजनिक सवारीसाधनको प्रदूषण परीक्षण गरिएको सहायक प्रवक्ता काफ्लेले जानकारी दिए । सवारीसाधनबाट वायु प्रदूषणमा पार्ने असर घटाउन पछिल्लो समय कामपाले सवारीसाधनको जाँच गरिरहेको छ । फेल भएका सवारीलाई मर्मत गरेर मापदण्डमा सञ्चालन गर्न समयावधिसहित सुझाव दिइएको छ ।

गत पुस २९ गतेदेखि थालिएको सचेतनात्मक कार्यक्रमबाट सुधारको मौका दिँदा पनि मापदण्ड पूरा नभएका सवारीलाई क्रमशः कारबाहीको दायरामा ल्याएर सञ्चालनमा रोक लगाउनेसम्मको कारबाही गर्ने तयारी छ । अहिलेसम्ममा कोटेश्वर, दरबारमार्ग, चक्रपथ बल्खु, बबरमहल, टेकु, सुकेधारा, सिनामङ्गल, पानीपोखरी र जमल भएर गुड्ने पेट्रोल तथा डिजेलबाट चल्ने सवारीको परीक्षण भएको छ । जाँचका क्रममा फेल भेटिएका सवारीसाधनमा सार्वजनिक यातायात सेवाका लागि सञ्चालन भएका बस, स्कुल बस, सरकारी कार्यालयले सञ्चालन गरेको बोलेरो, सामान बोक्ने ट्रकलगायत सवारी छन् ।

सवारी जाँचका लागि कामपाको वातावरण व्यवस्थापन विभागले नेपाल सरकारको वातावरण विभाग, उपत्यका ट्राफिक प्रहरी कार्यालय र महानगर प्रहरी बलसँगको सहकार्यमा उक्त काम गरिरहेको छ ।

मापदण्डमा पेट्रोलबाट चल्ने सवारीसाधन र डिजेलबाट चल्ने सवारी साधन निर्माण अवधिलाई छुट्टाछुट्टै सूचक राखिएको छ । सन् १९८० सम्म उत्पादन भएका चारपाङ्ग्रे सवारीको कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ । सन् १९८१ वा त्यसभन्दा पछि उत्पादन भएका सवारीमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम तीन प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ । तीनपाङ्ग्रेका हकमा सन् १९९१ सम्ममा उत्पादन भएका सवारीमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।