उत्तर कोरियाको कदमले दक्षिण कोरिया, जापान, अमेरिकासहितका देशमा तनाव ।

0
381

१३ मंसिर , योनहाप । उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको दक्षिण कोरियाले जनाएको छ । उत्तर कोरियाले परीक्षण गरेका मध्ये यो अहिलेसम्मकै ठूलो क्षमताको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल रहेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ । उत्तर कोरियाले बुधरबार परीक्षण गरेको मिसाइल झण्डै एक हजार किलोमिटर दूरी पार गरेर सि अफ जापानमा खसेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ । पछिल्लो मिसाइल परीक्षणले अन्तर्राष्ट्रिय स्तरमा चिन्ता थपेको छ ।

उत्तर कोरियाले बुधबार साउथ प्योङयाङको प्योङयाङबाट मिसाइल परीक्षण गरेको दक्षिण कोरियाको समाचार संस्था योनहापले जनाएको छ । मिसाइल झण्डै ५० मिनेट आकाशमा उडेको तर जापानको भूभागबाट भने नरहेको जाापन सरकारले जनाएको छ । यसअघिका परीक्षण भने उत्तर कोरियाले जापानको माथि भएर जाने गरी मिसाइल परीक्षण गर्दै आएको थियो । उत्तर कोरियाको गतिविधिका कारण दक्षिण कोरिया, जापान, अमेरिकासहितका देशमा तनाव बढेको छ ।