दुई कोरियाको पुर्नमिलनको योजना तयार पार्न दक्षिण कोरियामा अन्तर्राष्ट्रिय सम्मेलन ।

0
372

१३ मंसिर , सोल । दुई कोरियाको पुर्नमिलनको योजना तयार पार्न दक्षिण कोरियामा अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । सम्मेलनमा सहभागीहरुले नागरिक समाजको नेतृत्वको माध्यमबाट कोरियाको शान्तिपूर्ण एकीकरणको आवश्यकतामा जोड दिएका थिए । दक्षिण कोरियाको डेयगु शहरमा आयोजना भएको सम्मेलनमा उत्तर कोरिया र दक्षिण कोरियाको शान्तिपूर्ण एकीकरणका लागि योजना तयार पारिएको थियो । सम्मेलनमा युनेस्को अन्तर्गत रहेका एच।डब्ल्यु।पी।एलका अध्यक्ष एवम् विश्व शान्तिका अभियन्ता मान ही लीले नागरिक समाजको नेतृत्वको माध्यमबाट कोरियाको शान्तिपूर्ण एकीकरणको आवश्यकतामा जोड दिए । साथै उनले शन्ति प्राप्तिका लागि विश्व समुदायका हरेक व्यक्ति शान्तिका दूत बन्नुपर्ने धारणा राख्नुभयो । सम्मेलनमा युवा र धार्मिक नेता सहित १२ सय बढी सामाजिक प्रतिनिधिको उपस्थिति रहेको थियो ।