स्वार्थका लागी ५ नं.प्रदेश टुक्रयाएमा राजनितिक दललाई नै बहिस्कार गर्ने चेतावनी ।

0
703

बुटवल,१२ मंसिर ।  अखण्ड पदेश नम्बर ५ मा परेका जिल्लाहरुलाई कुनै हालतमा टुक्र्याउन नहुने भन्दै बुटवलमा बिरोध प्रदर्शन भएको छ । कालो झण्डासहित प्रदर्शनमा उत्रिएका सहभागीहरुले बिरोधसभामा ५ नम्बर प्रदेश अखण्ड राख्नका लागि ज्यानको आहुती दिन पछि नपर्ने बताए । उनीहरुले राजनैतिक दलहरुको स्वार्थका लागि ५ नम्बरलाइ चलाउने प्रयास भए राजनैतिक दलहरुलाइ नै बहिष्कार गर्ने उद्घोष गरे । सरकारले प्रदेश ५ का गुल्मी, अर्घाखाची, पाल्पा लगायतका पहाडी जिल्लालाई अलग गर्ने गरी संविधान सशोधन प्रस्ताव ल्याउन लागेकाले त्यसको बिरोध गरिएको हो ।