२०८३ असार ११ गते बिहीबार
२०८३ असार ११ गते बिहीबार

सैन्य तालिममा ग्रिनेट बिस्फाेट हुँदा सैनिककाे मृत्यु

कैलाली बिहीबार एक सैनिक तालिमका क्रममा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका एक हुद्दाले ज्यान गुमाएका छन् । घटनामा एकजना सहसेनानी घाइते भएका छन्।

कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित जालपा सामुदायिक वन क्षेत्रमा सञ्चालित फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट भएको हो ।

त्यसक्रममा हुद्दा हिमाल विक्रम विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् डीएसपी योगेन्द्र तिमिल्सिनाले बताए ।

गम्भीर घाइते विष्टको लम्कीस्थित लालरत्न अस्पतालमा उपचारका क्रममा बिहीबार मध्याह्न १२ बजे मृत्यु भएको हो। विस्फोटका क्रममा विष्टको दाहिने हातको हत्केला र शरीरका विभिन्न भागमा छर्रा लागेको थियो ।

उक्त घटनामा नजिकै रहेका सहसेनानी हिमराज जोशी पनि छर्रा लागेर घाइते भएका छन्। जोशीको अवस्था सामान्य छ। थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको डीएसपी तिमिल्सिनाले बताए।

बिहीबार बिहान सवा ९ बजे सुदूरपश्चिम पृतना तालिम शिक्षालय, गोराङ्गे ब्यारेकबाट फायरिङ अभ्यासमा गएको टोली तालिमकै क्रममा दुर्घटनामा परेको हो ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।