२०८३ श्रावण १० गते आईतवार
२०८३ श्रावण १० गते आईतवार

दुर्गा प्रसाईको पहल : क्यान्सर उपचारका लागि पूर्वाञ्चल अस्पताल जाने बिरामीलाई निःशुल्क हवाई टिकट

दुर्गा प्रसाईले क्यान्सर रोगबाट पीडित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउन पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचारका लागि जाने बिरामीहरूलाई यति एयरलाइन्समार्फत निःशुल्क प्लेन टिकट उपलब्ध गराउने घोषणा गर्नुभएको छ।

क्यान्सरको जाँचपछि सिफारिस गरिएका बिरामीहरूलाई यो सुविधा प्रदान गरिने भएको छ । जति पटक अस्पताल आउनुपरे पनि टिकट निःशुल्क हुने प्रसाईले बताउनुभएको छ । यस सम्बन्धमा आवश्यक प्रक्रिया पूरा भइसकेको छ, र चाँडै नै पत्रकार सम्मेलनमार्फत नागरिकलाई जानकारी गराइने उहाँले जानकारी दिनुभयो।

क्यान्सर एक गम्भीर स्वास्थ्य समस्या बनिरहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार, प्रत्येक ३ सेकेन्डमा एक जनाले क्यान्सरका कारण ज्यान गुमाउने गरेका छन्। नेपालमा मात्र पाठेघरको क्यान्सरका कारण दैनिक ६ महिलाले ज्यान गुमाउने गरेको तथ्यांकले देखाउँछ।

दुर्गा प्रसाईको यो पहलले क्यान्सर पीडितहरूलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।