कांग्रेसलाई सत्ता छाड्नलाई सिलवालको आग्रह

0
314

ललितपुर, ललितपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार नवराज सिलवालले अब आफूहरुले कांग्रेसलाई सत्ता कसरी चलाउने भन्ने प्रशिक्षण दिने र सरकारमा बस्ने धेरै दिन नभएकाले सत्ता छाड्नका लागि तयार रहन कांग्रेसलाई आग्रह गरेका छन्। वाम गठबन्धनले आज ललितपुरको लगनखेल बसपार्कमा आयोजना गरेको बृहत् चुनावीसभालाई सम्बोधन गर्दै सिलवालले  भने,
‘२३ महिनासम्म कांग्रेसले सत्ता चलायो अब प्रतिपक्षीको बेन्चमा बस्नु । त्यसपछि हामी तपाईँहरुलाई कसरी शासन चलाउने भन्न प्रशिक्षण दिन्छौं ।’

उनले आर्थिक समृद्धि र विकासको सपना साकार बनाउन वाम गठबन्धनलाई मतदान गर्न पनि उनले आग्रह गरे।प्रहरी सेवाबाट राजिनामा दिएर  सिलवाल केही समयअघि एमालेमा प्रवेश गरेका हुन् ।