२०८१ चैत्र ६ गते बुधबार
२०८१ चैत्र ६ गते बुधबार

बङ्गलादेशी वैज्ञानिकहरूले गत हप्ता समुद्र तटमा बगाएर फेला परेका ८० भन्दा बढी कछुवाको मृत्युको अनुसन्धान गरिरहेको सरकारी समुद्री अनुसन्धान संस्थानले बिहीबार बताएको छ ।

ओलिभ रिडले समुद्री कछुवा तुलनात्मक रूपमा सानो र प्रचुर प्रजाति हो । यो विश्वभरको उष्णकटिबन्धीय पानीमा पाइन्छ र जङ्गलमा ५० वर्षसम्म बाँच्न सक्छ ।तर तिनीहरूको सङ्ख्या घट्दै गएको छ र यस महिनाको सुरुमा नजिकैको दक्षिण भारतमा समेत यिनीहरूको सामूहिक मृत्यु भएको थियो ।

तटमा फेला परेका कछुवामध्ये ८० प्रतिशतभन्दा बढी फुल पार्न किनारमा आएका बङ्गलादेश समुद्रशास्त्र अनुसन्धान संस्थानका मोहम्मद शिमुल भुइयाँले बताए । ‘हामीलाई कारण निर्धारण गर्न थप समय चाहिन्छ’, उनले भने ।

मलेसियास्थित समुद्री अनुसन्धान संस्था वल्र्डफिसका वैज्ञानिक सरिफ उद्दिनले यसको सम्भावित कारण अत्यधिक माछा मार्ने र समुद्र सफा गर्ने ट्रलर जालको प्रयोग भएको बताए ।

‘कछुवाहरू सास फेर्न पानीमा तैरन्छन् तर एकचोटि तिनीहरू माछा मार्ने जालमा फसेपछि तिनीहरू धेरै लामो समयसम्म पानीमुनि रहन्छन् र दम फुट्छ, उनले भने, यो दुःखद छ कि तिनीहरू यहाँ प्रजनन गर्न आउँछन् र मर्छन् ।’

बङ्गलादेश मरिन फिसरिज एसोसिएसनका आबिद हुसेनले कछुवाको जनसङ्ख्यामा आएको अवरोधले स्थानीय समुद्री पारिस्थितिकी प्रणालीमा गम्भीर क्षति पुग्ने जोखिम रहेको बताए ।

‘गत वर्ष समुद्री पानीमा जेलिफिसको वृद्धिका कारण समुद्री माछाको उत्पादन आधा भएको थियो, उनले भने, कछुवाहरूले जेलिफिस खान्छन्, जसले माछाका लार्भाहरूलाई बाँच्न मद्दत गर्छ । यदि हामी हाम्रो माछाको भण्डार टिकाउन चाहन्छौँ भने हामीले कछुवाहरूलाई बचाउनुपर्छ ।’

काठमाडौं । बम्बार्डियर कम्पनीको सीआरजे ७०० विमान विचिटा क्यानकासबाट वासिङ्टनतर्फ जाँदै गरेको अमेरिकी यात्रुवाहक विमान र अमेरिकी सेनाको ‘ब्ल्याक हक’ हेलिकप्टर आकाशमा ठोक्किएर भएको दुर्घटनाका परेका यात्रुको उद्दार कार्य जारी रहेको अधिकारीले बताएका छन्।

आकाशमा दुर्घटना भएपछि विमानका दुई ठूला टुक्रा पोटोम्याक नदीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनाग्रस्त विमानमा रहेका यात्रुको खोजी कार्य भइरहेको तर रातको समय, पानी र चिसो मौसमका कारण उद्धार कार्य गरिरहेका उद्धारकर्मीहरूले ’अत्यन्त कठिन’ अवस्थाको सामना गर्नुपरेको वासिङ्टनका अग्नि नियन्त्रक जोन डोनेलीले रेगन नेसनल एयरपोर्टमा पत्रकारसँगको प्रश्नको जवाफ दिने क्रममा बताए ।

उनले भने, ‘करिब ३०० आपतकालीन उद्धारकर्ताले पोटोम्याकमा खोजी गरिरहेको तर उच्च हावा, रातको समयमा कम दृश्यता, चिसो मौसम र धमिलो पानीका कारण उद्धारमा कठिनाई भइरहेको छ ।’ स्थानीय समयअनुसार राति ९ बजे वासिङ्टन रेगन नेसनल एयरपोर्ट नजिकै दुर्घटना भएको विमानमा ६० जना यात्रु र चार जना चालक दलका सदस्यसहित ६४ जना सवार रहेका थिए । त्यसैगरी हेलिकप्टरमा तीन जना रहेका थिए । 

जेरुसेलम । प्यालेस्टिनी लडाकू समूह (हमास)ले इजरायली महिला बन्धक अगम बर्जरलाई बिहीबार सुपुर्दगी गरेको छ । 

गाजा युद्ध अन्त्य गर्ने उद्देश्यले भएको युद्धविराम सम्झौताअन्तर्गत तीन इजरायली र पाँच थाई बन्दीलाई बिहीबार रिहा गर्ने योजना अनुसार नै उनलाई रिहा गरिएको हो । अन्य दुई इजरायली र पाँच थाई बन्धकलाई पनि आजै रिहा गरिनेछ ।

उत्तरी गाजा पट्टीको जबालियाको एक मञ्चमा हमास लडाकुहरूले परेड गरेपछि सैन्य पोशाकमा सजिएका बर्जरलाई रेडक्रसको अन्तर्राष्ट्रिय समितिलाई हस्तान्तरण गरिएको थियो।  इजरायली सेनाले बर्जर इजरायल फर्किएको र उनको ‘प्रारम्भिक स्वास्थ्य परीक्षण’ पछि परिवारको जिम्मा लगाइने बताएको छ । 

यसअघि प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले बिहीबार रिहा हुने तीन जना इजरायलीहरू आर्बेल येहुद, बर्जर र गादी मोसेस रहेको जनाएको थियो । 

हमास र सहयोगी लडाकू समूह इस्लामिक जिहादका स्रोतहरूले जबालिया शरणार्थी शिविर र खान युनिसमा हुने बताएको बन्धक आदानप्रदानको औपचारिक कार्यक्रम अघि इस्लामिक जिहाद समूहले मोसेस र येहुदले एकअर्कालाई अँगालो हालेको र मुस्कुराइरहेको भिडियो फुटेज प्रसारण गरेको थियो।

दुर्गा प्रसाईले क्यान्सर रोगबाट पीडित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउन पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचारका लागि जाने बिरामीहरूलाई यति एयरलाइन्समार्फत निःशुल्क प्लेन टिकट उपलब्ध गराउने घोषणा गर्नुभएको छ।

क्यान्सरको जाँचपछि सिफारिस गरिएका बिरामीहरूलाई यो सुविधा प्रदान गरिने भएको छ । जति पटक अस्पताल आउनुपरे पनि टिकट निःशुल्क हुने प्रसाईले बताउनुभएको छ । यस सम्बन्धमा आवश्यक प्रक्रिया पूरा भइसकेको छ, र चाँडै नै पत्रकार सम्मेलनमार्फत नागरिकलाई जानकारी गराइने उहाँले जानकारी दिनुभयो।

क्यान्सर एक गम्भीर स्वास्थ्य समस्या बनिरहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार, प्रत्येक ३ सेकेन्डमा एक जनाले क्यान्सरका कारण ज्यान गुमाउने गरेका छन्। नेपालमा मात्र पाठेघरको क्यान्सरका कारण दैनिक ६ महिलाले ज्यान गुमाउने गरेको तथ्यांकले देखाउँछ।

दुर्गा प्रसाईको यो पहलले क्यान्सर पीडितहरूलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ।

काठमाडौँ- गायिका रचना रिमालले आफ्नो अफिसियल लोगो सार्वजनिक गरेकी छन्।

रिमालले अर्घाखाँची महोत्सवको मञ्चबाट लोगो सार्वजनिक गरेकी थिइन् भने त्यसपछि सामाजिक सञ्जालमार्फत आफ्ना शुभचिन्तक र फ्यानलाई लोगोबारे जानकारी दिएकी छिन्।

सार्वजनिक लोगो रचनाको अंग्रेजी नामको अघिल्लो अक्षर, संगीत र सर्वोच्च शिखर सगरमाथा झल्कने गरि डिजाइन गरिएको छ।

उनले आफ्ना शुभचिन्तकको माया र आशिर्वादका लागि पनि धन्यवाद दिएकी छिन्।

कलाकारले आफ्नो ब्राण्ड पहिचानलाई कायम राख्न लोगो सिर्जना गर्ने विश्वब्यापी अभ्यास छ। सोहि अभ्यासलाई रचनाले पनि पछ्याएकी छिन्। 

ओखलढुंगाको मानेभञ्ज्याङमा सुमो दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । खोटाङबाट बिरामी लिएर काठमाडौं जाँदै गरेको सुमो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकामा दुर्घटना भएको हो ।

सुमो बिहीबार बिहान करिब साढे ६ बजेतिर समयमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । दुर्घटनामा ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र उनकी बहिनी ४५ वर्षीया तारा गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय ओखलढुंगाले जानकारी दिएको छ । ना १ ज ६४२१ नम्बरको सुमो खोटाङ जिल्लाको केपीलासगढी गाउँपालिकाबाट उपचारको लागि बिरामी लिएर काठमाडौं जाँदा दुर्घटना भएको हो ।

राति नै दुर्घटना भएको हुन सक्ने भएपनि स्थानीयहरुले बिहानमात्रै देखेपछि प्रहरीलाई जानकारी दिएका थिए । चालक सुनसरी जिल्लाको इनरुवा निवासी वर्ष २२ का अनिल पण्डित फरार छन् । बिरामी माया गुरुङलाई उपचारका लागि छोरा र बहिनीले काठमाडौं लिएर हिँडेका बताइएको छ ।

नेपाली बजारमा आज सुनको मूल्य घटेको  छ ।

आज सुन तोलामा एक सय रुपैयाँले घटेर प्रतितोला एक लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन प्रतितोला एक लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँले बढेको छ । आज चाँदी एक हजार आठ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले विभिन्न संघ, संस्था र देशहरुलाई दिँदै आएको अनुदान, सहयोग र ऋणमा रोक लगाउनका लागि जारी गरेको कार्यकारी आदेशलाई अमेरिकाको संघीय अदालतले रोक लगाएको छ ।

ट्रम्पले जारी गरेको कार्यकारी आदेश मंगलबारबाट लागू हुने भनिएको थियो । तर, यो आदेश लागू हुनुभन्दा केही मिनेट अगाडि अदालतले यो आदेशमा अस्थायी रोक लगाएको हो । ट्रम्पले जारी गरेको आदेशले अमेरिकी सरकारले नेपाललाई दिने ठूलो आर्थिक सहयोग रकम पनि रोकिने अवस्था थियो ।

अमेरिकी सरकारको तर्फबाट सहयोग पाउने संस्थाहरुको प्रतिनिधित्व गर्दै अमेरिकी संघीय अदालतमा दायर गरिएको रिटमा सुनुवाइपछि अदालतले ट्रम्पको आदेशमा अस्थायी रोक लगाएको हो । न्यायाधीश लोरेन अली खानले सुनुवाइपछि राष्ट्रपतिको आदेश अमेरिकी पूर्वीय समयअनुसार आगामी सोमबार अपरान्ह ५ बजेसम्म लागू नगर्न आदेश दिएका हुन् ।

अदालतमा दायर गरिएको रिटमा अमेरिकी सरकारको तर्फबाट पहिल्यै स्वीकृत भइसकेका सहयोगहरु रोक्ने राष्ट्रपतिको आदेशले कानुनको उल्लंघन गरेको दावी गरिएको थियो । न्यायाधीश अली खानले आफ्नो आदेशले यो रिटमाथि अर्को सुनुवाइअघि कुनै पनि लाभकारी योजना नरोकिने सुनिश्चित गर्ने बताइन् ।

यो रिटमाथि सुनुवाइ आगामी सोमबारका लागि तय गरिएको छ । र, न्यायाधीशले त्यही दिन साँझ ५ बजेसम्म राष्ट्रपतिको आदेश कार्यान्वयन नगर्न आदेश दिएकी छिन् । अब आगामी सोमबारको सुनुवाइपछि ट्रम्पको आदेश रोकिने वा लागू हुने भन्ने छिनोफानो हुन सक्छ ।

काठमाडौं । इजरायलले हमासको नियन्त्रणमा रहेका नेपाली विपिन जोशी सकुशल रहेको बताएको छ । गाजामा इजरायल र हमासबीच युद्ध रोकिएसँगै नेपालीहरू विपिन जोशीको रिहाइको पर्खाइमा छन् । सरकारले उनी जीवित रहेको र चाँडै फर्कने दाबी गर्दै आएको छ ।

यसैबीच इजरायल सरकारले पनि उनी जीवित रहेको पुष्टि गरेको छ । हमासले आज रिहा गर्ने इजरायली बन्धकहरूको जानकारी दिँदै, अधिकारीहरूले नेपालका जोशी जीवित रहेको बताएका छन् । टाइम्स अफ इजरायलका अनुसार, आज रिहा हुनेमा २९ वर्षीय अर्बेल येहुद, १९ वर्षीय अगम बर्गर र ८० वर्षीय गाडी मोशे मोजेस छन् । हमासले इजिप्ट र कतारमार्फत इजरायललाई यी नाम दिएको हो । आज पाँच थाइ बन्धकहरूलाई पनि हमासले रिहा गर्नेछ, तर उनीहरूको पहिचान खुलाइएको छैन ।

द टाइम्स अफ इजरायलका अनुसार, गाजामा अझै आठ थाइ बन्धकहरू, एक नेपाली र एक तान्जानियन रहेका छन् । तर, दुई थाइ नागरिक र एक तान्जानियालीको भने मृत्यु भइसकेको छ । आज रिहाइको समय र स्थान अझै अनिश्चित छ किनभने बन्धकहरू फरक–फरक समूहको नियन्त्रणमा छन् ।

गत वर्ष १९ जनवरीमा सुरु भएको युद्धविराम र बन्धक रिहाइ सम्झौता अन्तर्गत हालसम्म सात महिला बन्धकहरू (तीन नागरिक र चार जना सैनिकहरू) रिहा भएका छन् । मोजेस यस सम्झौता अन्तर्गत मुक्त हुने पहिलो पुरुष बन्धक हुनेछन् । आज रिहा हुने तीन बन्धकको बदलामा, इजरायलले ११० प्यालेस्टिनीलाई रिहा गर्नेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा कार्यसम्पादनको लागि मेहनत धेरै गर्नुपर्ला। विशिष्ट व्यक्तिको साथ सहयोग मिल्नेछ। व्यापार व्यवसायमा थप लगानीबाट लाभ लिन सकिनेछ। आफ्नो व्यक्तित्वलाई निखार्ने समय रहेको छ। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) व्यापार व्यवसायबाट लाभ मिल्नेछ। नयाँ अनुबन्ध हात लाग्नाले मन प्रसन्न रहनेछ। शेयर मार्केटबाट मनग्य लाभ प्राप्त होला। विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। मेहनतीहरूलाई समय निकै उत्साहजन रहनेछ। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। कार्यक्षेत्रमा आलस्य गर्नदेखि बच्नुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यक्षेत्रमा अधिकारीवर्गहरूको सहयोग मिल्नेछ। साझेदारी व्यापारबाट लाभ मिल्नेछ। जीवनसाथीसँग सुमधुर समय व्यतीत हुनेछ। प्रेमीहरूलाई आफ्नो प्रेम व्यक्त गर्ने समय रहेको छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नोकरी वा पेशामा आफ्नो प्रतिभालाई जानेर आत्मविश्वासको साथ निर्णय लिनुहोस् सफलता मिल्नेछ। गोप्य कुराहरू अरुलाई उजागर नगर्नुहोस्। टाउको दुख्ने समस्याले सताउन सक्छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आवश्यक पर्दा सहयोगीहरूले राम्रो साथ दिनेछन्। विद्यार्थी वर्गहरू समय अनुसार चल्नुहोस् नभए पछाडि परिएला। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। सामाजिक सञ्जाल वा चिकित्स्याको क्षेत्रमा समय उत्तम रहेको छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) विचार सम्प्रेषण गर्नुअघि राम्ररी विचार गर्नुहोस्। पारिवारिक समस्या सुल्झाउनमा गाह्रो हुनेछ। पुरानो कुरालाई लिएर घरमा आन्तरिक कलह रहनेछ। जग्गा जमिनबाट राम्रो लाभ आर्जन गर्न सकिनेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक १ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा समयमा कार्यसम्पादन हुनाले घरपरिवारसँग मनोरञ्जनात्मक समय बित्नेछ। पुरानो उपलब्धि नोकरी वा पेशामा पदोन्नतिमा सहायक हुनेछ। समाजमा नयाँ जिम्मेवारी मिल्ला। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ६ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) व्यापार व्यवसायमा आफन्तहरूको साथ र सहयोग मिल्नेछ। बोलिको प्रभावले आफ्नो कार्य पूरा गर्नमा सफल भइनेछ। मौसमी बिमारीबाट जोगीनुहोस्। आँटेको कार्य सम्पादन गर्न सफलता मिल्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आम्दानी बढ्नुको साथै खर्चपनि बढ्नेछ। भविष्यलाई लिएर चिन्ता रहनेछ। व्यापार व्यवसायलाई लिएर लामो यात्रा गर्नुपर्ने हुन्छ। व्यापार व्यवसाय भन्दा सेवामुलक कामबाट लाभ आर्जन गर्न सकिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) रोजगारबाट लाभ प्राप्त हुनेछ। प्रशासनिक काममा बाधा आउनेछ। सवारी साधनमा धन खर्चका योग छन्। आम्दानी भन्दा खर्चमा वृद्धि हुनाले मन अशान्त रहनेछ। व्यापार व्यवसायमा सोचविचार गरेर निर्णय लिनुहोला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ६ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। रोकिएका कार्य प्रारम्भ हुनेछन्। आफन्तहरूको साथमा रमाइलो समय बित्नेछ। पायक स्थानमा भ्रमणका योग छन्। घरपरिवारमा आफूभन्दा ठूलाको साथ सहयोग मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।