रसियाली हवाई आक्रमणमा परी सिरियामा दर्जनौको मृत्यु।

0
440

सिरिया, २० मङ्सिर ।  विद्रोहीको बलियो प्रभाव रहेको सिरियाको प्रान्तमा आइतबार भएको संदिग्ध रसियाली हवाई आक्रमणमा कम्तीमा ४६ सर्वसाधारणको मृत्यु भएको छ । संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्ले सोमबार अलेप्पो प्रान्तमा स्थायी युद्धविरामको मतदानको तयारी गरिरहेको अवस्था सो हवाई आक्रमण भएको छ । सिरियाको ठूलो सहर अलेप्पोमा पुनःनियन्त्रणका लागि रिसियाली सरकारले भीषण आक्रमण गरिरेहको छ ।  यसै क्रममा अलेप्पोको पूर्वी जिल्ला ६० प्रतिशत भन्दा बढी सरकारी सेनाले पुनः नियन्त्रणमा लिएको छ । सन् २०१२ मा विद्रोहीले सो जिल्ला नियन्त्रणमा लिएको थियो ।