२०८१ माघ २९ गते मंगलवार
२०८१ माघ २९ गते मंगलवार

शिक्षा क्षेत्रमा दुर्गा प्रसाईको लगानी, सिंहदेवी विद्यालयलाई नयाँ भवन प्रदान

झापा, अर्जुनधारा – १, सिस्नेस्थित श्री सिंहदेवी माध्यमिक विद्यालयको नवनिर्मित भवन मेडिकल व्यवसायी एवम् समाजसेवी दुर्गा प्रसाईले विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका छन्।

विद्यालयको ६३औं वार्षिक उत्सवको अवसरमा आयोजित विशेष समारोहका बीच करिब २ करोडभन्दा बढीको लगानीमा निर्मित भवन हस्तान्तरण गरिएको हो।

समारोहमा प्रा. डा. सुरेन्द्र केसीले शिक्षाको स्तर सुधारका लागि दुर्गा प्रसाईले चालेको अभियानलाई साथ दिनुपर्नेमा जोड दिएका थिए। यसै अवसरमा दुर्गा प्रसाईले आफैँले निर्माण गराएको विद्यालय भवन स्थानिय सरकारलाई हस्तान्तरण गर्न चाहेपनि नगर प्रमुख र वडाध्यक्षको अनुपस्थितिले कार्यक्रमलाई प्रभाव परेको बताएका छन्।

दुर्गा प्रसाईले विपन्न वर्गका विद्यार्थीलाई राम्रो वातावरणमा अध्ययन गर्ने अवसर दिलाउने अभियानमा निरन्तर क्रियाशील रहँदै आएका छन्। एक वर्षअघि झापाकै मोहनमाया माध्यमिक विद्यालयको भवन निर्माण गरिसकेका उनले शिक्षासँगै स्वास्थ्य सेवामा समेत उल्लेखनीय योगदान पुर्याउँदै आएका छन्।

विदेशमा समस्यामा परेका नागरिकको उद्धारदेखि लिएर नेपालमा निःशुल्क स्वास्थ्य उपचार सेवा प्रदान गर्दै, उनले सामाजिक सेवामा सक्रियता देखाइरहेका छन्।

विद्यालय व्यवस्थापन समितिले प्रसाईद्वारा प्राप्त सहयोगले विद्यार्थीको सिकाइ वातावरण सुधार हुने विश्वास व्यक्त गरेको छ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।