२०८१ चैत्र ६ गते बुधबार
२०८१ चैत्र ६ गते बुधबार

त्रिविले खुलायो २०५८ सालदेखिका विद्यार्थीका लागि मौका परीक्षा फारम

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तथा स्नातकोत्तर तहका लागि मौका परीक्षाको फारम खुलाएको छ । त्रिविले बिहीबार सूचना प्रकाशित गरी २०५८ सालदेखि उत्तीर्ण हुन नसकेका विद्यार्थीहरूका लागि एक पटकका लागि मौका परीक्षाकाको फारम खुलाएको हो ।

‘वार्षिक परीक्षा प्रणाली अनुसार २०८१ सालमा सञ्चालन हुने मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र, कानून संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत ४ वर्षे र ३ वर्षे स्नातक तह प्रथम, द्वितीय, तृतीय र चौथो र स्नातकोत्तर तह प्रथम, दोस्रो वर्षको मौका परीक्षा दिने परीक्षार्थीहरूले आ–आफ्नो क्याम्पसमा मिति २०८१ साल माघ २४ गतेदेखि २०८१ साल फागुन २३ गते सम्ममा नियमित दस्तुर र साधारण म्याद सकिएको एक हप्ताभित्र दोव्वर दस्तुर सहित आवेदन फाराम भरी बुझाउनुहुन अनुरोध छ,’ त्रिविले जारी गरेको सूचनामा भनिएको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।