तिलोत्तमा गोल्डकप : नेपालको एपिएफ र भारतको शेर ए क्लब भिड्दै

0
246

१२ फागुन, काठमाडौं । १९ औँ तिलोत्तमा गोल्डकप फुटवल आजबाट सुरु हुदैछ । बुटवल स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा ससस्त्र प्रहरीको एपिएफ र भारतको शेर ए क्लव कालिमपोङ भिड्दै छन् । प्रतियोगिता दिउँसो २ बजेपछि सुरु हुनेछ । २१ गतेसम्म चल्ने प्रतियोगितामा ३ बिभागीयसहित १० टिमको सहभागीता रहने छ ।

प्रतियोगिताको बिजेताले ५ लाख ५५ हजार ५ सय ५५ र उपबिजेताले ३ लाख ५५ हजार ५ सय ५५ रुपैया पुरस्कार पाउनेछन् । त्यस्तै, उत्कृष्ट खेलाडीले मोटरसाइकल पुरस्कार पाउनेछन । बुटवल उपमहानगरपालीका संरक्षक रहेको तिलोत्तमा गोल्डकपको १८ औ सस्करण २०७१ सालमा भएको थियो ।